• होमपेज
  • समाचार
  • ‘ए मेरो हजुर २’ चितवनका हलहरु हाउसफुल, इन्द्रदेवमा ओभरफ्लो (भिडियोसहित)

‘ए मेरो हजुर २’ चितवनका हलहरु हाउसफुल, इन्द्रदेवमा ओभरफ्लो (भिडियोसहित)

  • शनिबार, भदौ १७, २०७४
‘ए मेरो हजुर २’ चितवनका हलहरु हाउसफुल, इन्द्रदेवमा ओभरफ्लो (भिडियोसहित)

चितवन, भदौं १७–

चर्चित नायिका झरना थापाले निर्देशन गरेको डेब्यु चलचित्र ‘ए मेरो हजुर २’ चितवनका हलहरुमा हाउसफुल भएको छ ।

शुक्रबारदेखि देशभर एकसाथ प्रदर्शनमा आएको चलचित्र ‘ए मेरो हजुर२ ’लाई दर्शकहरुले खुबै मन पराएका छन् । चितवनका हलहरुमा शनिबार सबै हाउसफुल भएका छन् । सबैभन्दा धेरै सिट क्षमता भएको इन्द्रदेव चलचित्र मन्दिरमा भने दर्शकहरुको ओभर फ्लो नै भएको थियो ।

आज शनिबार विहानको ९ बजे, दिउँसोको १२ बजे र ३ बजेको शो पुरै ओभर फ्लो भएको इन्द्रदेव चलचित्र मन्दिर नारायणगढका म्यानेजर हरि रेग्मीले नारायणी अनलाईनलाई जानकारी दिनुभयो । इन्द्रदेव हलमा ८ सय ३२ सिट क्षमता रहेको छ । यस्तै चितवनको क्वीएफएक्स जलमा, गणेश हल र पूर्वी चितवनका पर्सामा रहेको जनज्योतीहल हाउसफुल भएको हल संचालकले बताएका छन् ।

यस्तै राजधानीमा मल्टीप्लेक्समा सर्वाधिक शोज पाएको ‘ए मेरो हजुर २’ले पहिलो दिन उत्कृष्ट व्यापार गरेको थियो । यस्तै राजधानी बाहिर चितवनसंगै पोखरा, बुटवल, हेटौडा, धरानलगायतका सहरमा पनि चलचित्रले सानदार कलेक्सन गरेको छ । निक्कै प्रतिक्षा गरिएको यस चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेत, अम्बर सुवेदी, अनुराग कुँवर, बुद्दी तामाङ, अनुभव रेग्मी, विल्सनविक्रम राईलगायतका कलाकारको अभिनय छ ।

सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्मित ‘ए मेरो हजुर २’को कथा हरिहर अधिकारीले लेखेका हुन् । संजय लामाले खिचेको सिनेमाका पटकथाकार सामिप्यराज तिमेल्सिना हुन् । यस चलचित्रको निर्माण भने सुनिल कुमार थापाले गरेका हुन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि