• होमपेज
  • Uncategorized
  • नारायणगढ रोटरीद्धारा डेढ सय बढि विद्यार्थीलाई स्टेशनरी प्रदान

नारायणगढ रोटरीद्धारा डेढ सय बढि विद्यार्थीलाई स्टेशनरी प्रदान

  • शुक्रबार, भदौ १६, २०७४
नारायणगढ रोटरीद्धारा डेढ सय बढि विद्यार्थीलाई स्टेशनरी प्रदान

चितवन, भदौं १६–

नारायणगढ रोटरी क्लबले चितवनको इच्छाकामना गाऊँपालिका–७, खेतबारीमा रहेको राष्ट्रिय आधारभूत विद्यालयका १ सय ६४ विद्यार्थीलाइ आज एक कार्यक्रम बीच स्टेशनरी तथा खेलकुदका सामग्री वितरण गरेको छ ।

पाँचवर्ष अघि स्थापना गरेको दोस्रो रोटरी सामुदायिक गाउँमा रहेको सो विद्यालयका विद्यार्थीहरुलाई पठनपाठनमा सघाउन पु¥याउन नारायणगढ रोटरीले सहयोग गरेको हो । विद्यार्थीहरूको शैक्षिक तथा शारीरिक विकासमा सहयोग पुग्ने उद्देश्यले सामग्री वितरण गरिएको क्लबका अध्यक्ष नारायण प्रधानले बताउनुभयो ।

क्लबका संस्थापक अध्यक्ष निरञ्जन प्रधानले सो रोटरी सामुदायिक गाउँमा विगत पाँच वर्षदेखि सम्पन्न गरिएका कार्यक्रमहरूको बारेमा जानकारी गराउनु भएको थियो । क्लबका सदस्य बसन्तबहादुर पाण्डेले ५२ हजार ५ सय रुपैयाँ बराबरको खेलकुद तथा स्टेशनरी सामग्रीहरू सौजन्य गर्नु भएको सो कार्यक्रममा क्लबका निर्वाचित अध्यक्ष रमेश पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम मनोनित अध्यक्ष सुसनलाल प्रधानले सञ्चालन गर्नुभएको थियो ।

कालिका पिपलटार सामुदायिक वनका अध्यक्ष मानबहादुर गुरुङ, प्रधानाध्यापक प्रेम बराल र वडा सदस्य तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर गुरुङलगायत क्लबका पूर्व अध्यक्ष तथा सदस्यहरूको उपस्थिति रहेको सो कार्यक्रमको संयोजन राजाराम सिटौलाले गर्नुभएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार