• होमपेज
  • समाचार
  • ‘दोस्रो गैंडाकोट महोत्सव–२०७४’हुने

‘दोस्रो गैंडाकोट महोत्सव–२०७४’हुने

  • शुक्रबार, भदौ १६, २०७४
‘दोस्रो गैंडाकोट महोत्सव–२०७४’हुने

गैंडाकोट, भदौं १६–

नवलपरासीको गैंडाकोटस्थित नारायणी नदी किनारमा दोस्रो गैंडाकोट महोत्सव २०७४ हुने भएको छ । आयोजक उद्योग वाणिज्य संघ गैंडाकोटले आज पत्रकार सम्मेलन गरि महोत्सव आयोजना गर्ने घोषणा गरेको हो ।

महोत्सव आउँदो पुस २७ देखि माघ ७ गतेसम्म चल्ने संघका अध्यक्ष अमृत भट्टचनले जानकारी दिनुभयो । महोत्सवमा यसपटक कृषिलाई जोड दिईने अध्यक्ष भट्टचनले जानकारी दिनुभयो । कृषि उद्योग प्रवद्र्धनको लागि महोत्सवमा विशेष हवको व्यवस्था गरिनुको साथै महोत्सवमा ४ सय वटा व्यापारिक स्टलहरु, बाल उद्यान, सूचना प्रविधि स्टलहरु, खाद्य मेला, कवि गोष्ठीलगायतका विविध कार्यक्रमहरु समावेशन गरिने आयोजकले जनाएको छ ।

महोत्सवको प्रवद्र्धकको रुपमा नेपाल पर्यटन बोर्ड, जिल्ला समन्वय समिति नवलपुर र गैंडाकोट नगरपालिका रहने आयोजकले जनाएको छ । यस महोत्सवमा करिव एक करोडको हाराहारीमा आम्दानी गर्ने लक्ष्य राखिएको अध्यक्ष भट्टचनले बताउनुभयो । महोत्सवबाट हुने आम्दानीको १५ प्रतिशत रकम जेष्ठ नागरिक, अपाङगता भएका व्यक्ति, एक महिला र दलित तथा विभिन्न समुदायका व्यक्तिहरुका लागि खर्च गरिने उहाँले जानकारी दिनुभयो । यस महोत्सवको पहिलो संस्करणबाट आयोजकले करिव २६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्नका लागि संघको अध्यक्षको संयोजकत्वमा ३ सय ५१ सदस्यीय मूल समारोह समिति र २५ वटा उपसमितिहरु गठन गरिने आयोजकले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार