• होमपेज
  • Uncategorized
  • १०६९ ओटा रोबोटहरुले एकसाथ नाचेर बनाए विश्व कीर्तिमान (भिडियो)

१०६९ ओटा रोबोटहरुले एकसाथ नाचेर बनाए विश्व कीर्तिमान (भिडियो)

  • शुक्रबार, भदौ १६, २०७४
१०६९ ओटा रोबोटहरुले एकसाथ नाचेर बनाए विश्व कीर्तिमान (भिडियो)

चीनको ग्वांगझाउस्थित ग्वांगडोंगमा आयोजित कार्यक्रममा ‘डब्लुएल इन्टेलिजेन्ट टेक्नोलोजि कम्पनि’ले निर्माण गरेको एक हजार ६९ ओटा रोबोटले एकसाथ नाचेर विश्व कीर्तिमान कायम गरेका हुन् ।

गिनिज बुक वर्ल्ड रेकर्डका अनुसार ‘सबैभन्दा धेरै रोबोटको एकसाथ नृत्य’ शीर्षकमा यसअघिको एक हजार सातओटा रोबोटको कीर्तिमानी भंग गर्दै डब्लुएल इन्टेलिजेन्टका रोबोटहरुले गत बिहीबार विश्व कीर्तिमानी कायम गरेका हुन् ।

शुक्रबार आयोजित कार्यक्रममा सबै रोबोटहरुलाई कम्पनिले एकसाथ राखेर गीत बजाएको र उक्त गीतमा सबै रोबोटहरुले एकासाथ एउटै लयमा नृत्य गरेको गिनिज बुक वर्ल्ड रेकर्डले उल्लेख गरेको छ ।

गिनिज बुकले भनेको छ, ‘नृत्यको क्रममा केहि रोबोटहरु लडेका थिए । तर, ती रोबोटहरुको गणना भने गरिएको छैन् । ’

डब्लुएल इन्टेलिजेन्ट टेकले निर्माण गरेको ती रोबोटहरुले नृत्यको साथसाथै मानिसहरुसँग दोहोरो कुराकानी र मानिसले गर्ने विभिन्न क्रियाकलापको नक्कलसमेत गर्न सक्ने बताएको छ ।

यसअघि ‘सबैभन्दा धेरै रोबोटको एकसाथ नृत्य’ शीर्षकमा विश्व कीर्तिमानी चिनियाँ कम्पनि ‘एभर वीन’ले बनाएको एक हजार सात ओटा रोबोटको नृत्यमा रहेको थियो ।  – एजेन्सी

भिडियो हेर्नुस्

Facebook Comments

सम्बन्धित समाचार