• होमपेज
  • समाचार
  • प्रदेश र संघको निर्वाचन एकै चरणमा हुनुपर्छ : नेता नेपाल

प्रदेश र संघको निर्वाचन एकै चरणमा हुनुपर्छ : नेता नेपाल

  • शुक्रबार, भदौ १६, २०७४
प्रदेश र संघको निर्वाचन एकै चरणमा हुनुपर्छ : नेता नेपाल

चितवन, भदौ १६ –

नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश र संघको निर्वाचन एकै चरणमा हुनुपर्ने बताउनुभएको छ ।

नेपाल दूरसञ्चार कर्मचारी संघको आठाँै केन्द्रीय परिषद्को आज पूर्वी चितवनको रत्ननगरमा उद्घाटन गर्दै उहाँले एकै चरणमा निर्वाचन हुँदा सबैलाई सहज हुने भए पनि सरकारले मंसिरमा चरणबद्ध निर्वाचन गर्न लागी जनता झुक्काउने काम गरेको दोषारोपण गर्नुुभयो । समय समयमा मिति सार्दै जाँदा निर्वाचन नहुने खतरा बढ्ने बताउँदै उहाँले सरकार निर्वाचन गराउनभन्दा पनि कर्मचारी भर्ना, सरुवा, बढुवामा लागेको आरोप लगाउनुभयो ।

पर्यटक भित्र्याएर मुलुक समृद्ध बनाउनका लागि वार्षिक एक करोड पर्यटक भित्र्याउने तयारीमा लाग्न सरकारलाई आग्रह गर्नुभयो । नेपाल टेलिकमका कर्मचारीलाई राजनीति छाडेर गुणस्तरीय सेवा दिनेतर्फ लाग्न उहाँले आग्रह गर्नुभयो ।
सो अवसरमा संघका सल्लाहकार अशोक कर्ण र उपाध्यक्ष दामोदर केसी, कर्मचारी युनियनका अध्यक्ष राजकुमार मेहता, वर्कस युनियनका अध्यक्ष राजेन्द्र दाहाललगायतले बोल्नुभएको थियो । संघका केन्द्रीय अध्यक्ष राजबहादुर रावलको अध्यक्षतामा भएको परिषद् बैठक शनिबारसम्म चल्नेछ । बैठकले सांगठनिक र आर्थिक प्रतिवेदन पारित गर्दै विधान संशोधन गर्ने छ । बैठकमा पाँच सयको सहभागिता छ । बैठक चितवन घोषणापत्र जारी गर्दै सम्पन्न हुने आयोजकले जनाएको छ । – रासस

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने