• होमपेज
  • अटो
  • चितवनको बजारमा भित्रियो ‘सुजुकी इग्निस’ कार (भिडियोसहित)

चितवनको बजारमा भित्रियो ‘सुजुकी इग्निस’ कार (भिडियोसहित)

  • शुक्रबार, भदौ १६, २०७४
चितवनको बजारमा भित्रियो ‘सुजुकी इग्निस’ कार (भिडियोसहित)

चितवन, भदौं १६–

सुजुकीको आधिकारिक विक्रेता जेपी मोटर्स प्रा.लि.ले चितवनको बजारमा ‘सुजुकी इग्निस’ कार भित्र्याएको छ । आज (शुक्रबार) जेपी मोटर्सको शोरुम हाकिम चोक भरतपुरमा उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठले कार सार्वजनिक गर्नुभयो ।

गाडी सार्वजनिक पछि बोल्दै प्रमुख अतिथि वरिष्ठ उपाध्यक्ष श्रेष्ठले चितवनमा कारको माग अत्याधिक बढि रहेको बेला सुजुकीको इग्निस कारले राम्रो बजार पाउनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले सार्वजनिक नयाँ कार अन्य कार भन्दा स्तरीय लागेको भन्दै चितवनको बजारमा धेरै मात्रामा गुड्नेमा विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोल्दै जेपी मोटर्सका अध्यक्ष तथा प्रवन्ध निर्देशक प्रतिक श्रेष्ठले इग्निस कार युवा पुस्तादेखी हरेक हरेक वर्गलाई उत्कृष्ट लाग्नेमा विश्वास व्यक्त गर्दै नेपालको सडकमा यो कार उपयुक्त रहेको बताउनुभयो । उहाँले भन्नुभयो–“इग्निस उत्कृष्ट डिजाईन, एण्ड्रोइड अटो र एप्पल कारप्लेसहितको सहज स्मार्टफोन अनुभव, प्राविधिक रुपमा अग्रणी तथा प्रमाणित के १२ इञ्जिन, अत्याधुनिक सुरक्षा फिचर्स तथा पृथक कार हो ।”

कारमा यात्रा गर्ने सबैको सुरक्षालाई विशेष ध्यानमा राखी इग्निसको निर्माण सुजुकी टोटल इफेक्टिभ कन्ट्रोल प्रविधि (टिइसीटी) प्ल्याटफममा आधारित बनेको छ ।

यस कारको अन्य विशेषताहरुमा ताजगीसहितको आन्तरिक सजावट, स्मार्टफोन अन ह्विल्स, ठूलो क्याविन, अत्याधुनिक सुरक्षा फिचर्स, शक्तिशाली कार्य प्रदर्शनी, स्टाईल स्टेटमेण्टलगायतका रहेका छन् । इग्निस कार नेपाली बजार मूल्य २८ लाख ८९ हजार रुपैयाँदेखि ३५ लाख १९ हजार रुपैयाँसम्म रहेको जेपी मोटर्सका सेल्स म्यानेजर सुजन धितालले जानकारी दिनुभयो ।

कार सार्वजनिक कार्यक्रममा सुजुकीको नेपालको आधिकारिता डिलर्स सिटि मोटोकर्पका डिलर इन्चार्ज चित्र अधिकारी, चितवन अटो मोबाईल एशोसियनका अध्यक्ष कृष्ण काफ्ले, नाडाका उपाध्यक्ष शिव गिरीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि