• होमपेज
  • समाचार
  • कार्डबाट कारोबार गर्नुस् भ्याट छुट लिनुस्

कार्डबाट कारोबार गर्नुस् भ्याट छुट लिनुस्

भ्याटको रकममा १० प्रतिशत छुट

  • शनिबार, भदौ १४, २०७६
कार्डबाट कारोबार गर्नुस् भ्याट छुट लिनुस्

नेपालमा बैंक तथा वित्तिय संस्थाहरुमा नेपालीहरुको जनताहरुको पहुँचका विषयमा विभिन्न समयमा चर्चा तथा परिचर्चाहरु भईराखेका छन् । सरकारले समेत एक नेपाली एक बैंक खाता भन्ने नारा समेत लागु गरी हरेक नेपालीको वाणिज्य बैंकमा खाता बनाउने उद्देश्य लिएको छ । खाता नभएकाहरुलाई रु १०० दिएर समेत खाता खोल्नको लागि प्रोत्साहन गरेको छ ।

आर्थिक वर्ष २०७६÷७७ को बजेटले समेत हरेक नेपालीहरुमा बैंक तथा वित्तिय संस्थाहरुमा पहुँको विषयलाई समेटेको छ । स्थानीय तहमा बैंक तथा वित्तियहरुको शाखा सञ्जाल लगायत कुराहरुमा सरकारले विषेश ध्यान पु¥याएकै छ ।

बजेटमा क्यासलेस कारोबारबाट कारोबार गर्दा कारोबार रकमको भ्याट रकम बराबरको १० प्रतिशत छुट गर्ने घोषण समेत गरेको थियो ।
अहिले यही विषमा तिब्र रुपमा कार्य भइरहेको छ । सरकारले दिने भनेको १० प्रतिशत छुट रकम कसरी र कुन पद्धतीबाट फिर्ता गर्ने ।
सर्वसाधारणले समानको खरिद बैंकहरुले उपलब्ध गराएको कार्डबाट खरिद गरेको अवस्थामा भ्याटको १० प्रतिशत रकम फिर्ता गर्नको निमित्त आन्तरिक राजस्व विभागका महानिर्देशकको संयोजकत्वमा गठित अध्ययन कार्यदलाई नेपाल वैकर्स संघ र मोबाइल वालेटमा काम गरिरहेका संस्थाले तीन वटा सुझाव दिएका थिए ।

पहिलो उपभोक्ताले सामान खरीद गर्ने्वित्तिकै १० प्रतिशत घटाएर दिने र दोस्रोमा सामान किनिसकेपछि एकमुष्ठ पछि उपभोक्ताको खातामा फिर्ता गरिदिने विकल्प दिएको छ। संघका प्रमुख कार्यकारी अधिकृत अनिल अधिकारीले विभागमा आधिकारिक रुपमा दुईवटा विकल्पसहितको सुझाब दिएको बताए ।

कार्डबाट हुने भूक्तानीमा भ्याट रकम फिर्ताका लागि दुईवटा विकल्प दिएका छौं । ती दुईवटै विकल्पमा जानसक्ने अवस्थामा बैंकहरु छन् ।

कसरी थाहा हुन्छ भ्याट छुट
व्यवस्था कार्यान्वयनमा आए कुनै एक व्यक्तिले मोबाइल पसलबाट २ हजारको सामान खरिद गर्दा उसले २६० रूपैयाँ भ्याट तिरेको हुन्छ । उक्त बिलको भूक्तानी त्यस व्यक्तिले कार्डबाट गरेको अवस्थामा तत्कालै भ्याट रकम २६० को १० प्रतिशत अर्थात् २६ रूपैयाँ यसैको खातामा फेरी फिर्ता आउँछ ।

बजेटले राजस्वको मुल स्रोतको रुपमा आन्तरिक उत्पादनलाई बढावा दिने घोषणा गरेसंगै भ्याटलाई थप शशक्त बनाउन यसले सहयोग गर्नेछ । यो व्यवस्था लागु भएसंगै कर प्रणालीमा परिवर्तन हुने देखिन्छ ।

सरकार अहिले कर मात्रै उठाएको भनि आलोचित भइरहेको अवस्थामा यो सुविधालाई जति सक्दो सरल र सहज ढंगबाट चाडो भन्दा चाडो प्रयोगमा ल्याउन सके आम सर्वधारणको विचारमा परिवर्तन ल्याउन सकिन्थ्यो की ?

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि