• होमपेज
  • समाचार
  • २२ लाखले लिए प्यान नम्बर

२२ लाखले लिए प्यान नम्बर

  • मङ्लबार, साउन २८, २०७६
२२ लाखले लिए प्यान नम्बर

आन्तरिक राजस्व विभागले गत आर्थिक वर्ष २०७५/७६ मा करिब ४ लाख नयाँ करदाता थपिएको बताएको हो । आन्तरिक राजस्व विभागका महानिर्देशक विष्णुप्रसाद नेपालले गत आवमा कुल ३ लाख ८४ हजार १६२ जना नयाँ करदाता थपिएको जानकारी दिए । उनले अहिलेसम्म करको दायरामा आएका करदाताको संख्या २२ लाखभन्दा धेरै पुगेको जानकारी दिए ।
यसैगरी, उनले गत वर्ष कर परीक्षणबाट ५० अर्ब ८१ करोड र विभिन्न अनुसन्धानबाट १० अर्ब १ करोड गरी ६० अर्ब ८२ करोड रुपैयाँ कर निर्धारण गरिएको बताए ।

आन्तरिक राजस्व विभागले कर निर्धारणबाट आयकर र मूल्य अभिवृद्धिकरतर्फ ७ अर्ब ६ करोड रुपैयाँ बक्यौता बाँकी रहेको र हिसाब मिलानबाट ६८ अर्ब ८४ करोड रुपैयाँगरी ७५ अर्ब रुपैयाँ असुल भएको जनाएको छ । यस्तै, गत वर्ष ४ अर्ब १० करोड रुपैयाँ कर फिर्ता भएको छ ।

गत आवको राजस्वको अवस्थाबारे समीक्षा गर्दा सरकारले चालू आर्थिक वर्षका लागि लिएको लक्ष्य चुनौतीपूर्ण रहेको छ । आन्तरिक राजस्व विभागलाई गत आवमा ४ खर्ब ४ अर्ब २२ करोड रुपैयाँको राजस्व लक्ष्य दिइएको थियो । तर, विभागले जम्मा ३ खर्ब ५८ अर्ब रुपैयाँ मात्रै एवं लक्ष्यको ८८ दशमलव ६५ प्रतिशत राजस्व उठाएको छ । तर, यो रकम आर्थिक वर्ष २०७४/७५ को भन्दा २० प्रतिशतले धेरै हो ।

अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभागलाई चालू आवमा गत आवको भन्दा ५१ प्रतिशत धेरै ५ खर्ब ६ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको छ । तर, विभागले यसलाई चुनौतीका रूपमा लिएको बताउँदै विभागका महानिर्देशक नेपालले भने, ‘यो लक्ष्य प्राप्ति गर्न आफैंमा चुनौतीपूर्ण भएकाले नयाँ आर्थिक वर्षको सुरुवातदेखि नै विशेष योजना र रणनीति बनाएर अघि बढ्न आवश्यक छ नत्र लक्ष्य प्राप्तिमा समस्या हुने देखिएको छ ।’

विभागले आर्थिक गतिविधिमा संलग्न भएका तर स्थायी लेखा नम्बर नलिएका व्यक्ति करको दायरामा आएर कर परिपालना गरेमा तथा आयविवरण र मूल्य अभिवृद्धि कर विवरण नबुझाउने करदाताले विवरण वुझाएमा लाग्ने कर, शुल्क, ब्याज र जरिमाना, थप दस्तुर मिनाहा दिने व्यवस्था गरिएको पनि जनाएको छ ।

यस्तै, प्रगतिशील कर प्रणालीअनुरूप करका दरमा गरिएको परिवर्तन, करदाता शिक्षा तथा कर सचेतना र महोत्सवजस्ता गतिविधि सञ्चालन र समग्र राजस्व नीति, कार्यक्रमको कार्यान्वयनबाट करको दायरा विस्तार तथा कर सहभागितामा सुधार आएको र राजस्व संकलनको वृद्धिदरमा सकारात्मक प्रभाव परेको विभागले जनाएको छ । विभागले गत १५ जेठभित्रमा मात्र १ लाखभन्दा बढीले स्थायी लेखा नम्बर (प्यान) लिइसकेको र हालसम्म करिब २२ लाखभन्दा बढी व्यक्तिले प्यान नम्बर लिएको समेत जानकारी गराएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि