• होमपेज
  • विकास
  • छ स्थानमा आकाशे पुल असारसम्म सकिने

छ स्थानमा आकाशे पुल असारसम्म सकिने

  • सोमवार, फाल्गुन १३, २०७५
छ स्थानमा आकाशे पुल असारसम्म सकिने

चिनियाँ सरकारले निर्माण सम्पन्न गरेको कोटेश्वर–कलङ्की सडकमा थप छ स्थानमा आकाशे पुल निर्माण आगामी असारसम्ममा सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।

चिनियाँ निर्माण कम्पनीले तीन ठाउँमा पुल निर्माण सम्पन्न गरेकामा नेपाल सरकारले थप छ ठाउँमा आकाशेपुलको निर्माण गरिरहेको हो । चिनियाँ निर्माण कम्पनीले कोटेश्वर, बागडोल र ग्वार्काे गरेर तीन स्थानमा पुल निर्माण सम्पन्न गरेको काठमाडौँ चक्रपथ सुधार योजनाले बताएको छ । सडक विभागले बालकुमारी, सातदोबाटो, एकान्तकुना, सानेपा, बल्खु र महालक्ष्मीस्थानमा ठेक्का सम्झौतामार्फत् आकाशे पुल निर्माण गर्न लागेको योजनाले बताएको छ ।

सरकारले आकाशे पुल निर्माण गर्न लागेको छ ठाउँमध्ये पाँच ठाउँमा ठेक्का सम्झौता भइसकेर काम भइरहेको इञ्जिनीयर निरञ्जन शर्मा अर्यालले बताउनुभयो । उहाँका अनुसार पाँच ठाउँमा काम भइरहेको छ भने महालक्ष्मीस्थानमा छिट्टै ठेक्का सम्झौता हुनेछ । उहाँले भन्नुभयो, “काम भइरहेका ठाउँमा कुनै पनि अवरोध नभएकाले समयमा नै सकिएला ।”

दश किलोमिटर लम्बाइको यो सडकमा चिनियाँ सरकारले निर्माण गरेको तीन आकाशे पुल पर्याप्त नभएको भन्दै सरकारले छ ठाउँमा पुल निर्माण शुरु गरेको थियो । यी छ आकाशे पुल निर्माण सकिएपछि चक्रपथको यस खण्डमा मुख्यमुख्य सबै चोकमा आकाशेपुल हुने आयोजनाले बताएको छ ।

चार वर्ष पहिले निर्माण शुरु भएको यो सडक गत मङ्सिर २९ मा निर्माण सम्पन्न भएको थियो । काठमाडौँस्थित चिनियाँ दूतावासले गत माघमा सरकारलाई सडक हस्तान्तरण गरेको थियो । चक्रपथकै दोस्रो खण्ड कलङ्कीदेखि महाराजगञ्जसम्मको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) चिनियाँ पक्षले तयार गरिसकेको अर्यालले बताउनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि