• होमपेज
  • पर्यटन
  • केबलकार निर्माण शुरु

केबलकार निर्माण शुरु

  • बिहिबार, जेष्ठ ८, २०७७
केबलकार निर्माण शुरु

बन्दाबन्दीका कारण रोकिएको केबलकार निर्माणको काम शुरु भएको छ । तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा निर्माणाधीन केबलकारको काम मङ्गलबारदेखि शुरु भएको हो ।स्थानीय मजदुर प्रयोग गरी केबलकार निर्माणको काम शुरु गरिएको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो । बन्दाबन्दीका कारण न्यून मजदुर प्रयोग गरेर केबलकार निर्माणको काम शुरु गरिएको छ । शर्माका अनुसार हाल १२ जना मात्रै मजदुर प्रयोग गरिएको छ । “केबलकार निर्माणमा काम गरिरहेका मजदुरलाई बन्दाबन्दी भएपछि घर पठाएका कारण काम ठप्प भएको थियो, अहिले स्थानीय मजदुर प्रयोग गरेर काम सञ्चालन गरेका छौँ”, शर्माले भन्नुभयो ।

बाह्रजनामध्ये पाँच मजदुर यस अगाडिदेखि नै केबलकार निर्माणमा खटिएका मजदुर हुन् । मङ्गलबारदेखि बटम स्टेशनमा ढलानको कामलाई निरन्तरता दिइएको छ । शर्माका अनुसार निर्माण सामग्री पर्याप्त मात्रामा रहेकाले बन्दाबन्दीकै अवधिमा पनि कामलाई निरन्तरता दिइनेछ । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि बन्दाबन्दी शुरु भएपछि घर गएका मजदुर फर्कन नसकेपछि केबलकार परियोजनाको काम प्रभावित भएको थियो । बन्दाबन्दी अगाडि केबलकार परियोजनामा १७० मजदुर आयोजनास्थलमा खटिएका थिए ।

“मजदुरलाई फिर्ता बोलाएर काममा लगाउन पनि अहिलेको अवस्थामा सम्भव रहेन, त्यही भएर स्थानीय मजदुरलाई नै प्रयोग गरी सुरक्षितरुपमा काम शुरु गरेका हौँ”, शर्माले भन्नुभयो । बटम स्टेशनमा निर्माण भइरहेको भवनको लागत रु १८ करोड ५५ लाख रहेको छ । केबलकार परियोजनाअन्तर्गत गत चैत ८ गतेदेखि १३ तलाको होटलसमेत निर्माण शुरु भएको छ । बन्दीपुर गाउँपालिका–४ बरालथोकमा निर्माण शुरु भएको होटलको बेसमा ढलान गरिएपछि काम स्थगित गरिएको थियो । उक्त होटलको लागत रु ८० करोड अनुमान गरिएको छ ।

“बन्दाबन्दीका कारण तोकिएकै मितिमा आयोजनाका सम्पूर्ण काम सम्पन्न हुने अवस्था रहेन”,उहाँले भन्नुभयो, “आयोजनाको निर्माण सम्पन्न अवधि केही समय पछाडि धकेलिन्छ ।” चारतारे होटल निर्माणको जिम्मा काठमाडौँस्थित चन्द्र निर्माण सेवाले पाएको छ । उक्त होटल निर्माणका लागि नेपाल एसबिआई बैंकसँग ऋण सम्झौता गरिएको छ । उक्त भवनमा आधुनिक भ्यूटावर, बेनक्युट हल र ८० कोठाका स्तरीय होटल निर्माण हुने कम्पनीले जनाएको छ ।

केबुलकार पनि आगामी दशैँभित्र सञ्चालनमा ल्याउने गरी काम भए पनि बन्दाबन्दीले काममा असर पुगेको छ । बन्दीपुर पर्यटन पूर्वाधारयुक्त परियोजनाको कूल लागत रु एक अर्ब ५६ करोड रहेको छ । हालसम्म केबलकार परियोजनाको काम ३५ प्रतिशत सकिएको छ । शर्माका अनुसार केबलकारको टावरको खाल्टा खन्ने र पिल्लरको काम सकिएको छ । बटम स्टेशनमा केबलकारको खण्ड निर्माण सम्पन्न भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि