भारतले सफलतापुर्वक नयाँ परमाणु क्षेप्यास्त्र परीक्षण गरेको जनाएको छ ।

अग्नी–चार नाम दिइएको सो क्षेत्रप्यास्त्र चार हजार किलोमिटर टाढासम्म प्रहार गर्न सकिने क्षमताको रहेको आइतबार जानकारी दिइएको छ ।

क्षेप्यास्त्र परिक्षण भने २० मिटर टाढा र झण्डै १७ टन भारमा गरिएको अधिकारीहरुले बताएका छन् । अग्नी–चार क्षेप्यास्त्रको यो सातौ परिक्षण हो ।

आफ्नो उद्देश्यमा सफल हुने पुिष्ट भएकाले यसको परिक्षण पूर्ण रुपमा सफल भएको जानकारी दिइएको छ ।

भारतीय सेनाले क्षेप्यास्त्रको परिक्षण गरेको हो । भारतमा यसअघि अग्नी—एक, अग्नी—दुई, अग्नी—तीन र पृथ्वी परीक्षण गरिसकिएको छ । रासस/सिन्ह्वा

SHARE

तपाइको प्रतिक्रिया दिनुहोस्

कृपया आफ्नो टिप्पणी प्रष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रष्ट गर्नुहोस्