• होमपेज
  • समाचार
  • काठमाडौंमा घर अब सपना मात्रै

काठमाडौंमा घर अब सपना मात्रै

  • सोमवार, साउन ७, २०७५
काठमाडौंमा घर अब सपना मात्रै

सरकारले श्रावण १ गतेबाट उपत्यकाका घर जग्गाको मूल्यांकन ४० प्रतिशतको हाराहारीमा बढाएपछि घर जग्गाको मूल्य ह्वातै बढ्ने भएको छ ।सरकारले १० लाखभन्दा माथिका कारोबारमा पूँजीगत लाभकर लिने भएको छ । भने ४० प्रतिशत न्यूनतम मूल्यांकन ४० प्रतिशतसम्म बढाएको छ । विगत ३÷४ बर्षदेखि घर जग्गाको मूल्याङ्कन बढेको थिएन् ।

बुढानिलकण्ठदेखि गोर्कोश्वर र काठमाडौं महानगरपालिका भित्रका जग्गाको मूल्याङ्कन ४० प्रतिशतले बढेसँगै अब यी ठाउँका जग्गाको मूल्य ह्वातै बढ्ने घर जग्गा व्यवसायीको दाबी छ । यस्तै सरकारले भक्तपुर नगरपालिका भित्र २० र अन्य ठाउँमा १५ प्रतिशतले मुल्याकंकन बर्ढाएपछि त्यहाँ पनि जग्गाको मूल्य बढेने देखिन्छ ।

मूल्यांकन बढेपछि सबै जग्गाको मूल्य बढेको छ । १० लाख रुपैयाँको जग्गाको मूल्याकन ४० प्रतिशत बढ्दा १४ लाख पुगेको छ । १० लाख रुपैयाँमै जग्गा किनबेच गर्दा किन्ने ब्यक्तिले महानगरपालिका भित्र ५ प्रतिशत, उपमहानगर पालिका भित्र ४.५ प्रतिशत र नगरपालिका भित्र ४ प्रतिशत रजिष्ट्रेसन कर तिरेर जग्गा पास गर्ने सक्थे ।

अर्थात् काठमाडौंको कुनै नगरपालिकामा १० लाख रुपैयाँ मूल्याकन भएको जग्गा किन्दा ४० हजार रुपैयाँ कर तिरे पुग्थ्यो तर अब भने १४ लाख रुपैयाँ न्यूनतम मूल्याकन पुगेपछि पाँच वर्षपभित्र किनबेच हुने जग्गाको ५ प्रतिशत पूँजीगत लाभकर सहित महानगरपालकाभित्र १० प्रतिशत र नगरपालिका भित्र भए ९ प्रतिशत कर तिरेर मात्र जग्गा किनबेच गर्न सकिनेछ ।

१४ लाख रुपैया मूल्य पुगेपछि ५ वर्षभित्र किनबेच भएको जग्गा भए एक लाख २६ हजार रुपैया कर तिर्नुपर्छ । यसैबाट प्रस्ट छ कि अब जग्गा किन्ने दिन गए । यसैलाई आधार मानी घर जग्गा व्यवसायीहरुले जग्गा र घरको मूल्य पनि बढाउने सम्भावना देखिन्छ । यसलाई रोक्न राज्य लाग्नुपर्ने देखिन्छ । राजतिलक साप्ताहिक

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि