• होमपेज
  • समाचार
  • यस्तो छ गभर्नर हटाउने चलखेल

यस्तो छ गभर्नर हटाउने चलखेल

  • शनिबार, बैशाख १, २०७५
यस्तो छ गभर्नर हटाउने चलखेल

भूपेन्द्र आचार्य | दर्जनौं बैंक तथा वित्तीय संस्थाभित्र भएका सयौं घटनालाई छानबिनको घेराउमा नल्याएका कांग्रेसी गभर्नर डा. चिरन्जीवी नेपाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगाएर पदमुक्त गरिने भएको छ ।

डा. नेपाल राष्ट्र बैंकको गभर्नर भएपछि एनबी बैंकको प्रसाई कर्जा घोटाला काण्ड, बैंक अफ काठमाडौंको मेलम्ची घोटाला काण्ड, हिमालयन बैंकको मेलम्ची र फूलको कम्पनीलाई दिएको कर्जा दुरुपयोग काण्ड, काष्ठमण्डप विकास बैंकको कर्जा दुरुपयोग काण्ड, कुमारी बैंकको मिराकल–१० खरिद घोटाला काण्ड, तत्कालीन किष्ट बैंक र ग्राण्ड बैंकको सयौं कर्जा दुरुपयोग काण्डका हजारौं छानबिनमा पुगेका फाइल राष्ट्र बैंकभित्रै हराएपछि यी र यस्ता केसलाई हतियार बनाएर डा. नेपाललाई अख्तियारले छानबिन सुरु गरेको स्रोतको दाबी छ ।

समाचार स्रोत भन्दछ– केही दिन अगाडि गभर्नर डा. नेपालविरुद्ध छानबिन गरी पाऊँ भन्दै वामपन्थी सरकारकै एउटा समूहले अख्तियारमा उजुरी दर्ता गरेको छ । सो उजुरीमाथि टेकेर छानबिनकै आधार बनाउँदै अख्तियारले मुद्दा दर्ता गर्ने तयारी गरेको स्रोतको दाबी छ ।

यदि उनीविरुद्ध छानबिनको नाममा पक्राउ गरी मुद्दा दर्ता गरिए उनको गभर्नर पद स्वतः निलम्बन हुने कानुनी व्यवस्था रहेको देखिन्छ ।

एक उच्च सूत्रले राजतिलक साप्ताहिकलाई भने, ‘गभर्नर डा. नेपाल भएपछि पूँजी वृद्धिको नाममा शेयर बजार तहसनहस भएको, कर्जा ब्याजदर बढेर १७÷१८ प्रतिशतमाथि पुगेको र छानबिन गरी कारबाही गरिनुपर्ने कयौं बैंक तथा वित्तीय संस्थालाई बचाउने काम गरेको आरोप लागेको छ ।

१४ महिनासम्म गभर्नर डा. नेपालले रोकेको एपेक्स विकास बैंक घाटाला काण्ड अख्तियार र सीआईबीको दबाबका कारण छानबिन भएको थियो । जनताको डिपोजिटबाट जम्मा भएको दुई अर्ब बढी पैसा घोटाला भएको घटना बाहिर आएपछि गभर्नर डा. नेपालमाथि आशंका उत्पन्न भएको देखिन्छ ।

वामपन्थी सरकारले गभर्नर डा. नेपालको करिब दुई वर्ष कार्यकालमा पैसामा हस्ताक्षर गर्ने बाहेक केही प्रगति नभएको, शेयर बजार र बैंक तथा वित्तीय संस्था तहसनहस भएको निश्कर्ष निकालेको स्रोतको दाबी छ ।

राष्ट्र बैंक उच्च स्रोत भन्दछ, ‘हाम्रा गभर्नरले प्रभु ग्रुप र आईएमई ग्रुपलगायत हिमालयन बैंक र एनबी बैंकलाई सबैकुरा गर्न छुट दिएका छन् । उनीहरूको शाखा देशविदेशमा उद्घाटन गर्नुसम्म पुगेका छन् । यसले प्रष्टै भएको छ कि उनी विभिन्न ठाउँमा पुगेका मात्रै छैनन्, आर्थिक लेनदेन समेत गरेका छन् ।’

समाचार सूत्रका अनुसार गभर्नर डा. नेपालको दुई वर्ष रमाइलो गर्दागर्दै बितेको छ । आईएमई ग्रुप पेवाजस्तै बनेका छन्, गभर्नर ।

उनी गभर्नर बनेपछि यी समूहका बैंकहरूलाई कारबाहीको त कुरै छाडौं, स्थलगत परीक्षण पनि भएको छैन ।
स्मरणीय रहोस्, डा. चिरन्जीवी नेपाल राष्ट्र बैंकको गभर्नर भएपछि कांग्रेसी बैंक र बैंकरहरूलाई काखी च्याप्ने कामबाहेक केही गरेनन् । पूँजी वृद्धिको नाममा र कर्जा प्रवाहकै कारण बजारमा चर्को तरलता अभाव भएको छ भने शेयर बजार तहसनहस भएको छ ।राजतिलक साप्ताहिक

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि