• होमपेज
  • समाचार
  • ५० लाख बुझाएर सिइओ बनेका श्रेष्ठ कमाउ धन्दामा

५० लाख बुझाएर सिइओ बनेका श्रेष्ठ कमाउ धन्दामा

  • सोमवार, माघ ८, २०७४
५० लाख बुझाएर सिइओ बनेका श्रेष्ठ कमाउ धन्दामा

तत्कालीन अर्थमन्त्री विष्णु पौडेललाई ५० लाखको झोला बुझाएर राष्ट्रिय बाणिज्य बैंकको सिइओ बनेका एमाले कार्यकर्ता किरण कुमार श्रेष्ठकै कारण राष्ट्रिय बाणिज्य बैंकलाई क्यान्सर लागेको फेला परेको छ ।

सिइओ श्रेष्ठ कृषि र विपन्न वर्ग कर्जा लगानी नगरि दिनभरी अफिसमा बसी ठूला व्यापारी, जग्गा दलाली र जलविद्युत माफियाहरुलाई कमिशन लिई कर्जा प्रवाह गर्ने र साँझ परेपछि फाइभस्टार होटलमा हुस्की र चिकनचिल्ली खान पुग्ने गरेको खुलासा भएको छ ।

एमाले पार्टीका पत्रिकाहरुमा अधिकार भन्दा बाहिर गएर विज्ञापन गर्ने यी आर्थिक माफिया सिइओ श्रेष्ठले सरकारी बैंंक लुट्ने काम गरेको फेला परेको छ । बैंकको विज्ञापन हेर्न एक महिला कर्मचारीलाई जिम्मेवारी दिई आफ्ना नजिकका एमाले पत्रिकाहरुलाई करोडौं विज्ञापन बाडेको फेला परेको छ ।

हिमालयन बैंकबाट हटाइएका शिलतबाबु कोइरालालाई मिडिया कोडिनेशनको जागिर दिएर सिइओ श्रेष्ठले कमिशन बटुल्ने जिम्मा दिएको फेला परेको छ । कोइराला आफु पत्रकार भएको बताउने र पत्रकारलाई लेखेवापत अदालतमा झुठ्ठा मुद्दा दर्ता गराउन लगाउने पत्रकारको अवरणमा बैंक लुट्ने माफिया हुन । उनी हिमालयन बैंकमा हुँदा राजतिलक साप्ताहिक बिरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गराएका थिए । तरपनि उक्त मुद्दामा हामीले सफाई पाएका थियौं । उनीको बारेमा हामीले खोजी शुरु गरेका छौं ।

कृष्ण प्रसाद शर्मा, कृष्ण प्रसाद आचार्यलाई पछि पार्दै ५० लाख बुझाएर सिइओ बनेका किरण कुमार श्रेष्ठकै कारण विपन्न वर्ग र कृषि कर्जा प्रवाह भएको छैन । राष्ट्र बैंकले यो कर्जा प्रवाह नभएपछि सिइओ र बैंकलाई कारवाही गर्ने तयारी गरेको एक डिपुटी गर्भनरले नाम नलेख्ने शर्तमा बताए । कुल ९३ अर्ब भन्दा बढी लगानी गरेको बैंकले कृषि र विपन्न वर्ग कर्जामा यस वर्ष मात्रै ९३ करोड गरेको राष्ट्र बैंक स्रोतको दावी छ ।

राष्ट्रिय वाणिज्य बैंक सरकारी बैंक भएको र पटक÷पटक कर्मचारीवाटै सुन काण्ड÷ चोरी काण्ड भएका छन् । कर्मचारीहरुको दक्षता कम र सिइओको अक्षमताले कृषि कर्जा राष्ट्र बैंकको निर्देशन अनुसार नभएपछि राष्ट्र बैंकले कारवाही गर्ने भएको छ ।

सिइओ किरण कुमार श्रेष्ठ भएर आएपछि बैंकले प्रगति गर्नु भन्दा पनि बैंक तहसनहस हुँदै गएको भेटिएको छ । दिनभरी भेटघाट गरि ठूला कुरा गर्ने सिइओ साँझ परेपछि फाइभस्टार होटलमा हुस्की र चिकन चिल्ली खान पुगेका भेटिएका छन् । एमालेको बिल्ला भिरेर बैंकको सिइओ श्रेष्ठले ठूला व्यापारीहरुसँग कमिशनको भरमा सस्तो ब्याजदरमा लोन दिने गरेको फेला परेको छ ।

सरकारको स्वामित्वमा र जनताको शेयरवाट सञ्चालित राष्ट्रिय वाणिज्य बैंकको कृषि क्षेत्रमा लगानी निराशाजनक रहेको भेटिएको छ । पुस मसान्तसम्म रु एक खर्ब ३८ अर्ब कुल निक्षेप सङ्कलन गरेको उक्त बैंकले सोही अवधिमा रु सात अर्ब ७४ करोड ऋण प्रवाह गरेको छ ।

यो लगानी कुल निक्षेपको शून्य दशमलव ६ प्रतिशत हुन आउँछ । त्यसभित्र पनि कृषि विकास मन्त्रालयले किसानलाई छुट्याएको अनुदान रकम रु एक अर्ब ९० करोड समावेश छ । नेपाल राष्ट्र बैंकले आफ्नो निक्षेपको अनिवार्य १० प्रतिशत लगानी कृषि क्षेत्रमा गर्नुपर्ने नीति लागू गर्दै आएको भए पनि राष्ट्रिय वाणिज्य बैंकले त्यसलाई घुर्थी लगाई दिएको छ । नेपालको कृषि गणनाले कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ३३ प्रतिशत रहेको देखाएको छ ।

विप्रेषणमार्फत प्रतिवर्ष झन्डै पुग नपुग रु ६ खर्ब रकम स्वदेश भित्रिने गरेको छ । तर दिगो विकासका लागि त्यस प्रकारको रकमले खासै अर्थ नराख्ने अर्थ्विद्हरु बताउँछन् ।

हाल दिनहुँजसो झन्डै एक हजार ५०० वैदेशिक रोजगारीमा गइरहेका युवा जमातलाई रोक्न बैंकले कृषि क्षेत्रमा गर्दै आएको यो लगानीबाट टेवा पुग्ने देखिँदैन । “निक्षेप सङ्कलन सन्तोषजनक छ”– बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले भने ।

बैंकले यसवर्ष रु एक खर्ब ३८ अर्ब निक्षेप सङ्कलन गरेको छ जसमध्ये कुल कर्जा लगानी रु ९३ अर्ब ४८ करोड छ । कृषि क्षेत्रमा भने रु सात अर्ब ७४ करोड मात्र लगानी भएको छ ।

लगानीको हिस्सालाई तुलना गर्दा उक्त लगानी सात दशमलव शून्य ५६ प्रतिशतमात्र हुन आउँछ । यसलाई निराशाजनक भएको कृषि विकास मन्त्रालयका सहसचिव एवम् प्रवक्ता योगेन्द्रकुमार कार्कीले राजतिलक साप्ताहिकसँग बताए ।

नेपालको छैटौँ कृषि गणना, २०६८ मा एक लाख १६ हजार व्यक्तिले आफ्नै जमिन नभएका कारण कृषि पेसा गर्न नपाएको उल्लेख छ । कृषि गणनामा १० वर्षमा एक लाख २९ हजार हेक्टर उर्वर जमिन बाँझो भएको औँल्याइएको छ । एक लाख १६ हजार किसानले आफ्नै जमिन नभएका कारण कृषि पेसा गर्न नपाएको त्यसमा उल्लेख छ ।

छैटौँ कृषि गणनामा ७१ प्रतिशत जनता पूर्णकालीन कृषक रहेको र ८३ प्रतिशत जनता कृषि पेसामा आत्मनिर्भर रहेको जनाइएको छ । बयालीस प्रतिशत कृषकले भने व्यावसायिक कृषि गर्न आफूहरुलाई ऋण उपलब्ध नभएको गुनासो गर्ने गरेका छन् ।

एउटा फाइभस्टार होटलमा हुस्की र चिकन चिल्ली लिदै सिइओ किरण कुमार श्रेष्ठले भन्दै थिए म पैसा बुझाएर आएको कमाउन त प¥यो नि । पत्रकारहरुले के लेखे मलाई मतलब छैन । सिइओ साब तपाईको बैंकमा जनताको पैसा छ । तपाईको बुबाको बैंक होइन होसियार । राजतिलक साप्ताहिकबाट

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि