माछापुच्छ्रे बैंकको रियल टाइममा नै खाता खोल्न मिल्ने गरी थप ५ शाखा रहित बैकिङ्ग सेवा बिस्तार
माछापुच्छ्रे बैंक लिमिटेडले चितवन, तनहुँ, लमजुङ, बागलुङ र काठमाडौंमा ५ शाखा रहित बंैकिङ्ग सेवा एकैपटक संचालनमा ल्याएको छ । बैंकले चितवनको इच्छाकामना गाउँपालिका (मुग्लिङ्ग) स्थित फिस्लिङमा, तनहँुको म्याग्दी गाउँपालिका स्थित तार्पुमा, लमजुङको मध्यनेपाल नगरपालिका स्थित दुइपिप्लेमा, बागलुङको काठेखोला गाउँपालिका स्थित रेशामा र काठमाडौंको कीर्तिपुर नगरपालिका स्थित भत्केपाटी, पिपलबोटमा शाखा रहित बैकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ […]