• होमपेज
  • अर्थ/वाणिज्य
  • नायव प्रमुखकार्यकारी अधिकृतमा बज्राचार्य नियुक्त

नायव प्रमुखकार्यकारी अधिकृतमा बज्राचार्य नियुक्त

  • शुक्रबार, जेष्ठ १०, २०७६
नायव प्रमुखकार्यकारी अधिकृतमा बज्राचार्य नियुक्त

मुक्तिनाथ विकास बैंक लि.को नायव प्रमुख कार्यकारी अधिकृतमा समिर शेखर बज्राचार्य नियुक्त भएका छन् । त्रिभुवनविश्व विद्यालयबाट एम.बि.ए गरेका बज्राचार्यले यस विकास बैंकमा नियुत्त हुनु अघि गण्डकी विकास बैंक लि.मा नायव प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गरिसेका छन् । उनले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा करीब १८ वर्षको अनुभव रहेको छ ।

मुक्तिनाथ विकास बैंक लि.ले देशैभरी ११४ वटा शाखा, २२ वटा ए.टि.एम. र छ लाख ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथाकर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स, आस्वा, मोबाइल बैकिंङ्ग सुविधाकासाथै देशैभरी भिषा नेटवर्क अन्तर्गत रहेका एटिएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवाहरु उपलब्ध गराएको छ । हालै मात्र बैंकले क्यान्सर उपचार र दुर्घटना मृत्यु बीमामा आवद्ध गरी जीवन वरदान बचत खाता सञ्चालनमा ल्याएको छ ।

Facebook Comments

सम्बन्धित समाचार