• होमपेज
  • फिचर
  • प्रभु बैंकको शाखा साँफेबगरमा

प्रभु बैंकको शाखा साँफेबगरमा

  • आइतवार, जेष्ठ १९, २०७६
प्रभु बैंकको शाखा साँफेबगरमा

प्रभु बैंक लि. ले अछाम जिल्लाको साँफेबगर नगरपालिका वडा नं. ३ मा शुक्रबारदेखि प्रभु बैंकको साँफेबगर शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । साँफेबगर नगरपालिकाका नगरप्रमुख कुलबहादुर कुँवरले एक समारोहका विच आज बैंकको साँफेबगर शाखा कार्यालय समुद्घाटन गरेको हो ।

बैंकको साँफेबगर शाखा कार्यालय उद्घाटन कार्यक्रममा अछाम जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघ अछामका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथी साँफेबगर नगरपालिकाका नगर प्रमुख कुलबहादुर कुँवरले उद्घाटन मन्तव्य राख्ने क्रममा प्रभु बैंकले देशका सुगम तथा दुर्गम ठाउँमा पुगेर बैंकिङ्ग पहुँचको दायरा वृद्धि गर्दै आप्mनो गुणस्तरीय सेवा विस्तार गर्दै आएकोमा साँफेबगरमा समेत अजैदेखि बैंकले शाखा कार्यालय सञ्चालनमा ल्याएर यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर प्रदान गरेको बताए  ।

आजदेखि सञ्चालनमा आएको बैंकको साँफेबगर शाखा कार्यालयबाट यहाँका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको जनाएको छ । 

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने