• होमपेज
  • समाचार
  • प्राइम बैंकको नयाँ सञ्चालक समिति पनि चयन

प्राइम बैंकको नयाँ सञ्चालक समिति पनि चयन

  • सोमवार, जेष्ठ २७, २०७६
प्राइम बैंकको नयाँ सञ्चालक समिति पनि चयन

प्राइम कर्मसियल बैंकको ११ औं साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको १६ प्रतिशत बोनस शेयर पारित गरेको छ ।  आइतबार सम्पन्न साधारणसभमा बोर्डले प्रस्ताव गरेका  १६ प्रतिशत बोनस शेयर र वर्तमान १० अर्ब रुपैयाँ अधिकृत पूँजीलाई वृद्धि गर्ने प्रस्ताव पारित गरेको हो । ।

बैंकले लाभांश प्रस्ताव सहित विविध प्रस्ताव पारित गर्न आइतबार ११ औं वार्षिक साधारण सभामा बोलाएको थियो। सभाले संस्थापक शेयरधनीतर्फबाट सञ्चाकलमा तीन जना नयाँ सञ्चालक समिति समेत सर्वसम्मतबाट चयन गरेको छ । सर्वसाधारण तर्फबाट सञ्चालकमा दुई जना पनि चयन गरेको भएको छ ।

नयाँ सञ्चालकमा संस्थापककोतर्फबाट उदयमोहन श्रेष्ठ, राजेन्द्र दास श्रेष्ठ र नरेन्द्र बज्रचार्य सर्वसम्वतले चयन भएका छन भने सर्वसाधारणको तर्फबाट प्रचण्डमान श्रेष्ठ र मनोज पौडेल निर्वाचित भएका छन् ।

बैंकले साधारणसभा प्रयोजनको लागि जेठ ९ गतेदेखि बुक क्लोज गरेकाले जेठ ८ गतेसम्म कायम शेयरधनीहरुमात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

वर्तमान १० अर्ब रुपैयाँ अधिकृत पूँजीलाई वृद्धि गरी  २२ अर्ब रुपैयाँ पु¥याउने यसका लागि प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगाएतका विषय सभामा छलफलका पश्चात पास गरेको छ । बैंकले कन्काई विकास बैंकलाई प्राप्ति गर्ने सम्झौतामा जेठ २२  हस्ताक्षर गरेको गरिसकेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा