• होमपेज
  • अटो
  • इलेक्ट्रिक स्कुटर दर्ता नगरी चलाएमा कारवाही

इलेक्ट्रिक स्कुटर दर्ता नगरी चलाएमा कारवाही

  • बिहिबार, जेष्ठ २३, २०७६
इलेक्ट्रिक स्कुटर दर्ता नगरी चलाएमा कारवाही

लाइसेन्सको झण्झट, पेट्रोलको अभावबाट छुटकारा यस्ता विविध फाइदाहरुले लोकप्रिय बन्दै गएको इलेक्ट्रिक स्कुटर अब कानुनी दायरामा आएको छ ।
अब इलेक्ट्रिक स्कुटर पनि दर्ता गरेर मात्र चलाउन पाउने भएको छ ।

यातायात व्यवस्था विभागले सवारी तथा यातायात व्यवस्था ऐन अनुसार इलेक्ट्रिक स्कुटरहरु पनि दर्ता हुनुपर्ने प्रावधान रहेकाले यातायात कार्यालयमा दर्ता गरेर मात्र संचालन गर्न निर्देशन जारी गरेको छ।
अब दर्ता नगरी संचालन भएको भेटिएमा कारबाही गर्ने जनाएको छ। विभागको जेठ २० गते यस्तो निर्णय गरेको हो।

दर्ता नगरी चलाएको पाइएमा कारबाही गर्न महानगरीय ट्राफिक प्रहरीलाई पत्राचार गरिसकेको विभागले जनाएको छ। सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १४ को उपदफा (१० मा) कुनै पनि सवारी खरिद गर्ने वा विदेशबाट पैठारी गर्ने व्यक्ति, फर्म वा कम्पनी वा सवारी विक्री वितरण गर्ने एजेण्डले सवारी खरिद गरेको वा पैठारी गरी नेपालभित्र ल्याएको मितिले पन्ध्र दिनभित्र अधिकार प्राप्त अधिकारी समक्ष दर्ता गराउनुपर्छ।

यान्त्रिक शक्तिबाट सडकमा चल्ने सवारीसाधनहरु खास गरेर इलेक्ट्रिक इस्कुटरहरु दर्ता बीना सडकमा संचालन भएको पाईएको हुँदा त्यस्ता सवारीसाधनलाई सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६० को उपदफा (२) को खण्ड (ख) बमोजिम कारबाहि गर्न सकिनेछ,ु विभागको विज्ञप्तिमा उल्लेख छ।

Facebook Comments

सम्बन्धित समाचार