• होमपेज
  • मनोरञ्जन
  • पासवर्ड हेर्न सन्नी लियोनी काठमाडौंमा

पासवर्ड हेर्न सन्नी लियोनी काठमाडौंमा

  • शुक्रबार, भदौ २७, २०७६
पासवर्ड हेर्न सन्नी लियोनी काठमाडौंमा

नेपाली फिल्म पासवर्डको एउटा गीतमा ठुम्का लगाएकी बलिउड अभिनेत्री सन्नी लियोनी  बिहिबार दिउँसो ४ः१० बजे एअर इण्डियाको विमानबाट नेपाल आएकी हुन् । सन्नीलाई नेपाली ढाका टोपी लगाएर स्वागत गरिएको छ । आफू अभिनीत फिल्म ‘पासवर्ड’ को प्रिमियर र प्रोमोसनका लागि उनले श्रीमान डेनियल वेबरलाई साथमा लिएर आएकी छन् ।

बिहीबार दिउँसो सबा ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड भएकी उनलाई फिल्म पासवर्ड टिमले स्वागत गरेको थियो । एयरपोर्टबाट हायात होटेल पुगेर केही समयको विश्रामपछि सन्नी पासवर्डको प्रिमियरमा सहभागी हुन कुमारी हल पुगेकी थिइन् । शनिबार भारत फर्किने सन्नीले शुक्रबार नेपालका केही स्थानको भ्रमण गर्ने कार्यक्रम छ ।

सम्राट बस्नेत निर्देशित ‘पासवर्ड’ मा ‘पासवर्ड’ को ‘आजको साम’ शीर्षकको गीतमा सन्नीले ठुम्का लगाएकी छिन् । अंकित गौतम कार्यकारी निर्माण रहेको चलचित्रलाई अमित बस्नेत र हिराल जोशीले निर्माण गरेका छन् । यसै गरी युकेको लागि कार्यकारी निर्माताको भूमिका मोहित छब्राले निभाएका छन् ।

अनुपविक्रम शाही, विक्रम जोशी, सन्नी लियोनी, बुद्धि तामाङ, रवीन्द्र झा, प्रवीण खतिवडा, धीरेन शाक्य, लिजा सुनार, परी राना, छुल्ठिम गुरुङ, एभरेस्ट सूर्य बोहरालगायतका कलाकारको अभिनय छ । बेलायतमा छायांकन भएको फिल्मको गीत पनि उतै खिचिएको हो । ‘पासवर्ड’ भदौ २७ देखि अल नेपाल रिलिज हुँदैछ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा