• होमपेज
  • समाचार
  • लुम्बीनी विकास बैंकका अध्यक्ष पराजुलीको दादागिरी

लुम्बीनी विकास बैंकका अध्यक्ष पराजुलीको दादागिरी

  • शुक्रबार, बैशाख २१, २०७५
लुम्बीनी विकास बैंकका अध्यक्ष पराजुलीको दादागिरी

भूपेन्द्र आचार्य । विभिन्न बैंक र विकास बैंकहरुमा व्यवस्थापन टिम भन्दा सञ्चालक समिति हाबी भएका समचार बाहिर आएपछि लुम्बिनी विकास बैंकमा अझै सञ्चालक समितिका अध्यक्ष सुशिलराज पराजुलीको दादागिरी अन्त्य भएको छैन ।

संकट नै संकट पार गर्दै भिवोर विकास बैंक र एच एण्ड बि बैंकवीच मर्जर भएर बनेको लुम्बिनी विकास बैंकका अध्यक्ष पराजुलीको चर्को हस्तक्षेप बढेको उजुरी राष्ट्र बैंकमा पुगेको फेला परेको छ ।

राष्ट्र बैंक उच्च स्रोतका अनुसार बैंक भित्र अध्यक्ष पराजुलीले गार्ड राख्ने देखि करोडौं कर्जा दिने सम्मका फाइलमा हस्तक्षेप गरि आर्थिक लाम लिएको भेटिएको छ ।

नेपाल राष्ट्र बैंकले हालै लागु गरेको संचालक बन्ने योग्यता सम्बन्धी निर्देशिकामा स्नाकत्तोकर उत्र्तीण भएका व्यक्ति बैंकको संचालक बन्न पाउने भनिएको छ । ५ वर्षको अनुभव हुनुपर्ने दोश्रो बुद्धमा भनिए पनि लुम्बिनी बैंकका सञ्चालक समितिका अध्यक्ष सुशिल राज पराजुलीको दुबै योग्यता समेत नभएको एक सञ्चालकले राजतिलक साप्ताहिकसँग बताए ।

ती सञ्चालकले भनेः– हाम्रो बैंकका अध्यक्ष पराजुली सिइओलाई मात्रै बोलाएको अवार्ड लिन लण्डन पुगे । यो हस्तक्षेपको चरम नमुना हो कि होइन । यति मात्रै होइन अध्यक्ष पराजुलीबाट कर्मचारी भर्ना, कर्मचारी सरुवा, कर्जा प्रवाह देखि बैंकको गार्ड ठेक्का दिदा समेत हस्तक्षेप भएको ती संचालकले दावी गरे ।

अधिकांश वाणिज्य बैंक र विकास बैंकमा संचालक समितिको हस्तक्षेप खप्न नसकेपछि सिइओहरुले राजिनामा दिएका घटना वाहिर आएका छन् ।

लुम्बिनी विकास बैंकका एक कर्मचारीले भनेः– बैंकको विज्ञापन बनाउने र कुन कुन पत्रिकालाई दिने भन्ने निर्णय समेत बैंक संचालक समितिका अध्यक्ष पराजुलीले गर्ने गरेको छन् ।

बैंकको लोन शाखा प्रमुख, मार्केटिङ्ग प्रमुख, क्रोडिट प्रमुखमा आफ्नै नजिककाहरुलाई जिम्मेवारी दिए र अध्यक्ष पराजुली आर्थिक लाभ लिने गरेका ती कर्मचारीले दावी गरे । उनीले थपे यी र यस्तै कारणले दर्जनौ कर्मचारीले बैंक छाडेका छन् । अध्यक्ष पराजुलीकै कारण बैंकका उच्च कर्मचारी डिपुटी सिइओ ज्ञानुकृष्ण अधिकारी र डिजीएम महेश्वर पहाडीले बैंक छाँडेर गएका छन् ।

मर्जर पछि बैंकले पूराना कर्जा र तत्कालीन एच एण्ड बि बैंकको ‘गुडफर पेमेन्ट’का चेकको भुक्तानी अझै अन्त्य नभएको र यस्तै विवाद भैइरहे फेरि लुम्बिनी विकास बैंक, राष्ट्र बैंकको कारवाहीमा पर्ने प्रस्टै भएको देखिन्छ । सचेत भया ।

Facebook Comments

सम्बन्धित समाचार