• होमपेज
  • समाचार
  • झाको विजयी निश्चित

झाको विजयी निश्चित

  • बिहिबार, बैशाख २०, २०७५
झाको विजयी निश्चित

नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिमा महासचिव पदमा नेपाल प्रेस यूनियनको तर्फबाट उम्मेदवारी दिएका श्रीजन झा अत्याधिक मतले विजयी हुने निश्चित भएको छ ।

उपत्यकाबासी पत्रकारहरुवीच अत्यन्तै लोकप्रिय झा काठमाडौं शाखाको उप–सभापति भइसकेका झाले उपत्यका प्रदेशको महासचिवमा उम्मेदवारी दिएपछि आम सञ्चारकर्मीहरुले झाको पक्षमा लविङ गरेको देखिएको छ ।

नेपालप प्रेस यूनियनको भागमा परेको महासचिव पदमा झाले उम्मेदवारी दिए सँगै भोलि हुने निवार्चन रोचक बन्ने पत्रकारहरुको दाबी छ । अग्रज पूराना राष्ट्रवादी पत्रकार र सबै जस्तो संगठनले झाको पक्षमा मतदान गर्ने भएका छन् ।

अनलाइन पत्रकारितामा सक्रिय झा समावेशी पात्र समेत भएकाले सबैको चासो र चर्चाका पात्र बनेका छन् ।
भोली नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा विहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म हुने मतदानमा आम पत्रकारहरुको सहभागीता हुने देखिन्छ ।

Facebook Comments

सम्बन्धित समाचार