• होमपेज
  • समाचार
  • प्रेस यूनियन विघटन गर्ने काँग्रेसको तयारी

प्रेस यूनियन विघटन गर्ने काँग्रेसको तयारी

  • शुक्रबार, बैशाख २१, २०७५
प्रेस यूनियन विघटन गर्ने काँग्रेसको तयारी

भूपेन्द्र आचार्य । कांग्रेसी पत्रकारहरुको संगठन नेपाल प्रेस यूनियन एक पछि अर्को विवादमा फस्दै गएपछि बाबु पार्टी नेपाली कांग्रेसले विघटन गर्ने संकेत दिएको छ ।

प्रेस यूनियनको महाधिवेशन गर्न नसकेपछि १ वर्ष समय अवधी थप गरि अध्यक्ष बद्री सिग्देलले प्रेस यूनियन मै भाडभैलो मच्चाएपछि पार्टीले विघटन गरि तदर्थ समिति बनाउने संकेत दिएको हो ।

आशन्न नेपाल पत्रकार महासंघको प्रदेश अधिवेशनमा पैसा र रक्सीकै भरमा होटलबाटै नेतृत्वले टिकट बाँडेपछि पार्टीले नेपाल प्रेस यूनियन विघटन गर्न लागेको कांग्रेस उच्च स्रोतको दावी छ ।

तीनबाट पत्रकारहरुका संगठन प्रेस चौतारी नेपाल, प्रेस सेन्टर र नेपाल प्रेस यूनियनको सहमतीमा यूनियनले पाएको कोटामा गैर पत्रकार, आसेपासे र आफन्तलाई प्रेस युनियनको नेतृत्वले उम्मेदवार बनाएपछि आधा दर्जन प्रदेशमा युनियनबाटै वागी उम्मेदवार उठेका छन् ।

पार्टी नेतृत्वले प्रदेश नम्बर ७ मा टिकट दिनु भनेका पत्रकारहरुलाई नेपाल प्रेस यूनियन अध्यक्ष बद्री सिग्देलले टिकट नदिए पछि देश व्यापीरुपमा विद्रोही उम्मेदवार उठेको स्रोतको दावी छ ।

नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश र प्रदेश नम्बर ३ मा नेपाल प्रेस यूनियनका पूर्व वरिष्ठ उप–सभापति एवं बरिष्ठ पत्रकार दामोदर प्रसाद दवाडीलाई टिकट बाँड्ने र निर्वाचनमा यूनियन जिताउने आधिकारिक पत्र यूनियनको लेटर प्याडमा लेखी अधिकार प्रदान गरेका अध्यक्ष सिग्देलले जिल्ला र उपत्यका प्रेस यूनियन शाखाबाट केही व्यक्तिले सिफारिस गरेका व्यक्ति यूनियनको उम्मेदवार भनेपछि विवादले उग्ररुप लिएको हो ।

नेपाली कांग्रेसका पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले राजतिलक साप्ताहिकसँग भनेः– ‘पार्टीको निर्देशन विपरित शुभेच्छुक संस्था गए पार्टीले विघटन गर्न सक्दछ । यो सत्य हो ।’
‘पार्टीको महाधिवेशनमा प्रतिनिधीमै भोट हाल्ने अनि पार्टीले दिएको निर्देशन पालना नगर्ने प्रवृत्तिको अन्य हुन जरुरी छ नि ।’ उनले भने ।

पूराना बरिष्ठ पत्रकारहरुलाई कारवाही गर्ने धम्की दिने अध्यक्ष बद्री सिग्देलले बुझे हुन्छ । नेपाल प्रेस युनियन कांग्रेसी आस्था राख्ने हजारौं हजार पत्रकारहरुको घर हो ‘बद्री जी’ तपाईको ससुराली होइन । मासु र भात खाने, दक्षिणा लिने ठाउँ होइन नेपाल प्रेस यूनियन । सचेत भया ।

Facebook Comments

सम्बन्धित समाचार