• होमपेज
  • समाचार
  • मनोज ज्ञावली ज्योति विकास बैंकको सीईओमा नियुक्त

मनोज ज्ञावली ज्योति विकास बैंकको सीईओमा नियुक्त

  • बिहिबार, बैशाख १३, २०७५
मनोज ज्ञावली ज्योति विकास बैंकको सीईओमा नियुक्त

ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मनोज ज्ञावली नियुक्त भएका छन् । बुधबार बैंकको सञ्चालक समितिको बैठकले ज्ञावलीलाई कार्यवाहक सीईआबाट सीईओमा नियुक्त गरेको हो ।अब आइतबार (वैशाख १६ गते)देखि उनले सीईओको कार्यभार सम्हाल्नेछन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कुँबरले राजीनामा दिएपछि उनलाई कार्यवाहक सीईओको रुपमा जिम्मेवारी दिइएको थियो ।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीको करिव ५ वर्ष अधिकृत स्तरमा नेपाल राष्ट्र बैंकमा विभिन्न विभागअन्तर्गत कार्य गरेको अनुभव, करिव ८ वर्ष वाणिज्य बैंकमा विभिन्न विभागको प्रमुखको रुपमा रही व्यवस्थापन समुहमा कार्य गरेको अनुभव, मर्चेन्ट बैंकिङ्ग कम्पनीमा निर्देशक तथा प्रवन्ध निर्देशक रही २ वर्षको कार्य अनुभव, जलविद्युत क्षेत्रमा १ वर्ष कार्य गरेको अनुभव तथा विकास बैंकमा २ वर्ष नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरेको अनुभव रहेको छ । उनी वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट समेत हुन् ।

हाल ज्योति विकास बैंकले ५० वटा शाखा कार्यालय तथा १४ वटा एटिएम मार्फत विभिन्न निक्षेप योजना तथा कर्जा सुविधा सहित एविविएस, मोवाइल बैंकिङ्ग, आस्वा लगायतका सम्पुर्ण आधुनिक बैंकिङ सेवाहरु ग्राहकहरुलाई उपलव्ध गर्दै आएको छ भने हालै आफ्नै ज्योति रेमिट समेत संचालनमाल्याइ सकेको छ ।

तेस्रो त्रैमाससम्म ज्योति विकास बैंकले करिब १५ अर्ब छ करोड रुपैयाँ निक्षेप संकलन तथा १३ अर्ब ८५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ भने खुद मुनाफा २२ करोड २४ लाख आर्जन गर्न सफल भएको छ । राप्तीभेरी विकास बैंकलाई प्राप्ति (एक्विजिशन) गरेर विकास बैंकले वितरण गरेको १० प्रतिशत बोनस सेयर वितरण पश्चात हालको चुक्ता पूँजी दुई अर्ब ५९ करोड ३६ लाख रुपैयाँ पुगेको छ ।

Facebook Comments

सम्बन्धित समाचार