• होमपेज
  • अर्थ/वाणिज्य
  • सिटिजन्स बैंकद्वारा संगीतकार संघ नेपाललाई १५ लाख सहयोग

सिटिजन्स बैंकद्वारा संगीतकार संघ नेपाललाई १५ लाख सहयोग

  • बिहिबार, बैशाख १३, २०७५
सिटिजन्स बैंकद्वारा संगीतकार संघ नेपाललाई १५ लाख सहयोग

सिटिजन्स बैंक इन्टरनेसनलले संगीतकार संघ नेपाललाई आर्थिक सहयोग स्वरुप १५ लाख सहयोग गरेको छ । हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । यसैको निरन्तरता स्वरूप बैंकले उक्त सहयोग गरेको हो ।

एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीको उपस्थितिमा १५ लाखको चेक संगीतकार संघका अध्यक्ष लक्ष्मण शेष विडारीलाई बैंकका प्रमुख प्रशासकीय अधिकृत उमंग शर्माले हस्तान्तरण गरे ।

बैैंकले कारोबार शुरु गरेको ११ वर्षको अवधिमा ६८ वटा शाखा र ६८ वटा एटीएमबाट करिब ३ लाख ३५ हजार ग्राहकलाई बैंकिङ सेवा पुर्याउँदै आएको छ ।

चालू आवको तेस्रो त्रैयमाससम्ममा बैंकले ६० अर्ब २५ करोड निक्षेप संकलन गरी ५५ अर्ब ८२ करोड कर्जा प्रवाह गरेको तथा सोही अवधिभित्र १ अर्ब १७ करोड ७४ लाख सञ्चालन मुनाफा र १ अर्ब ९८ लाख खुद नाफा आर्जन गरेकोे छ । जुन गत वर्ष सोही अवधिको तुलनामा क्रमशः ३२ .७२ प्रतिशत र १४ .३९ प्रतिशतले वृद्धि भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने