• होमपेज
  • समाचार
  • प्रभु बैंक लिमिटेडद्धारा विद्यालयलाई कम्प्युटर हस्तान्तरण

प्रभु बैंक लिमिटेडद्धारा विद्यालयलाई कम्प्युटर हस्तान्तरण

  • बुधबार, बैशाख १२, २०७५
प्रभु बैंक लिमिटेडद्धारा विद्यालयलाई कम्प्युटर हस्तान्तरण

प्रभु बैंक लिमिटेडले आफ्नो स्थापना कालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागहरुमा विभिन्न सामाजिक क्रियाकलापहरुलाई निरन्तरता दिँदै आईरहेको छ ।

जस्तैः भुकम्प पिडीतहरुलाई राहत सामाग्री वितरण, अनाथ र अपाङ्ग विद्यार्थीहरुलाई छात्रवृत्ती, निःशुल्क स्वास्थ्य जाँच, आँखा शिविर, बागमती नदी सरसफाई, वृक्षारोपण लगायतका सामाजिक क्रियाकलापहरुमा प्रत्यक्ष सहभागिता जनाउँदै प्रभु बैंकले समाज प्रतिको आफ्नो भुमिका जिम्मेवारीपूर्वक निर्वाह गर्दै आईरहेको छ ।

यसै क्रममा एक कार्यक्रमका विच काभ्रेपलाञ्चोक जिल्लाको बनेपा स्थित श्री चण्डेश्वरी उच्च माध्यमिक विद्यालयलाई बैंकको तर्पmबाट ५ थान कम्प्युटर हस्तान्तरण गरेको छ ।

काठमाण्डौ, बबरमहल स्थित प्रभु बैंक लिमिटेडको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले उग्रचण्डी नाला समाजका अध्यक्ष चन्द्रलाल श्रेष्ठ मार्फत ५ थान कम्प्युटरहरु श्री चण्डेश्वरी उच्च माध्यमिक विद्यालायलाई हस्तान्तरण गरेका छन् ।

उक्त कम्प्युटर हस्तान्तरण पश्चात् चण्डेश्वरी उच्च माध्यमिक विद्यालयलाई कम्प्युटर प्रणाली मार्पmत् दैनिक प्रशासनिक क्रियाकलापमा सहयोग पुग्नुका साथै विद्यालयका शिक्षक, शिक्षिका, कर्मचारी, विद्यार्थीहरु तथा समग्र विद्यालय परिवारलाई सुचना तथा प्रविधिसँग साक्षात्कार गर्न थप मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि