• होमपेज
  • समाचार
  • शेयरमा कालोधनको संकेत

शेयरमा कालोधनको संकेत

  • मङ्लबार, फाल्गुन १५, २०७४
शेयरमा कालोधनको संकेत

नेपाली बजारमा तरलता अभाव भएको बेला बजारमा बीमा कम्पनीहरूको राइट शेयर आउने क्रम जारी छ । ६ वटा बीमा कम्पनीका करिब ३१ करोड ४३ लाखभन्दा बढीको शेयर बजारमा आउने भएपछि शेयर बजारमा कालो धन भित्रिने संकेत देखिन्छ ।

अहिले बजारमा नेपाल धितोपत्र बोर्डमा निवेदन दर्ता गरेका ६ वटा बीमा कम्पनीका हकप्रद शेयर केही दिनभित्रै बजारमा बिक्री गर्न आउने भएपछि कालोधन प्रयोग हुने अनुमान गरिएको हो । केहीदिन अगाडि प्रिमियर बीमाको शेयरमा कालोधन प्रयोग भएको आंशकामा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले छानबिन अगाडि बढाएको छ ।

अहिले बजारमा सूर्य लाइफ बीमा कम्पनीको २८ लाख ८७ हजार ५ सय कित्ता हकप्रद शेयर रू २८ करोड ८७ लाख ७५ हजार मूल्यमा बिक्री गर्न लागिएको हो । सो कम्पनीले दश बराबर चार कित्ताको दरमा हकप्रद शेयर दिन लागेको हो । यी शेयर किन्न शेयरधनीले पैसा ल्याउने माध्यम नभएपछि कालोधन भित्रिने संकेत देखिन्छ ।

यस्तै सिद्धार्थ बीमाले २२ लाख ४४ हजार ९ सय ७३ कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको छ । सो कम्पनीले रू २२ करोड ४४ लाख ९७ हजार बराबरको हकप्रद शेयर बिक्री गर्न लागेको हो । दश कित्ता शेयर बराबर ३.५ कित्ता हकप्रद दिन लागेको कम्पनीले जनाएको छ । यसमा समेत कालोधनको प्रयोग हुने संकेत देखिन्छ । यस्तै गुराँस लाइफ बीमाले २९ लाख ७० हजार कित्ता हकप्रद शेयर रू २९ करोड ७० लाखमा बिक्री गर्न लागेको हो । कम्पनीले दुई बराबर एक कित्ता हुने गरी हकप्रद दिन लागेको छ ।

विवादास्पद कम्पनी
एभरेष्ट बीमा कम्पनीले ७२ लाख ९० हजार कित्ता हकप्रद शेयर रू ७२ करोड ९० लाखमा बिक्री गर्न लागेको छ । हकप्रद शेयर बिक्री गर्न लागेको अर्को बीमा कम्पनी हो नेशनल लाइफ बीमा कम्पनी । सो कम्पनीले ९९ लाख ३६ हजार ४ सय ७७ कित्ता हकप्रद शेयर रू ९९ करोड ३६ लाख ४७ हजारमा बिक्री गर्न लागेको छ ।

नेपाल बीमा कम्पनीले ३० लाख १९ हजार ८ सय ८६ कित्ता हकप्रद शेयर रू चार अर्ब ३२ करोड ३५ लाख ४६ हजार मूल्यमा बिक्री गर्न लागेको छ । सो कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा एनआईबीएल क्यापिटल रहेको छ । नेपाल स्टक एक्स्चेञ्जमा हाल २२ बीमा कम्पनीको शेयर सूचीकृत रहेको छ । यी कम्पनी लगात्तै पछि अन्य १४ कम्पनीको हकप्रद शेयर बजारमा अउने तयारीमा छन् ।

Facebook Comments

सम्बन्धित समाचार