• होमपेज
  • समाचार
  • ग्लोबल आइएमईको थप ३ शाखारहित बैंकिङ्ग सेवा

ग्लोबल आइएमईको थप ३ शाखारहित बैंकिङ्ग सेवा

  • बिहिबार, माघ १८, २०७४
ग्लोबल आइएमईको थप ३ शाखारहित बैंकिङ्ग सेवा

 

ग्लोबल आइएमई बैंकले कपिलबस्तु जिल्लाको कपिलबस्तु नरपालिका वडा नं. ९, जगदिशपुरमा ६६ औँ र नवलपरासी वर्दघाट सुस्तापूर्व जिल्लाको हुप्पसीकोट गाउँपालिका वडा नं. ४, झ्यालबासमा ६७ औँ तथा सोहि जिल्लाको कावासोती नगरपालिका वडा नंं. ४ हसौरामा ६८ औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ ।

कपिलबस्तु जिल्लाको जगदिशपुरमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको लागि स्थानिय जगदिश गुप्ता, नवलपरासी वर्दघाट सुस्तापूर्व जिल्लाको झ्यालबासमा खोलिएको सेवाको लागि स्थानिय जुद्घ बहादुर थापा र नवलपरासी वर्दघाट सुस्तापूर्व जिल्लाको हसौरामा खोलिएको सेवाको लागि स्थानिय अमित भण्डारीलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ ।

कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेका यि क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ११३ वटा शाखा, १२७ वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र आजबाट ६८ शाखा रहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार