• होमपेज
  • समाचार
  • एनसीसी बैंक कलंकीमा

एनसीसी बैंक कलंकीमा

  • शुक्रबार, माघ १९, २०७४
एनसीसी बैंक कलंकीमा

 

नेपाल राष्ट्र बैंक, बैंक तथा सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक महेश्वर लाल श्रेष्ठले काठमाण्डौं महानगरपालिका, वडा नं. १४, कलंकीमा एनसीसी बैंकको शाखाको उद्घाटन गरेका छन् ।

कलंकी शाखाको उद्घाटन गर्दै महेश्वर लाल श्रेष्ठले एनसीसी बैंकले नेपाल राष्ट्र बैंकले तोके बमोजिम बैंकिङ्ग पहुँच नपुगेका स्थानीय क्षेत्रमा समेत शाखाहरु विस्तार गर्न लागेको जानकारी पाएकोमा खुशी व्यक्त गरे ।

एनसीसी बैंक संचालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले काठमाण्डौं महानगरपालिका वडा नं. १४, कलंकीमा बैंकिङ्ग सेवा विस्तार गरिएको र यसको प्रगतिको लागि यहाँका स्थानियहरुबाट सहयोग प्राप्त हुने कुरामा आफू विश्वस्त रहेको बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले नेपाल राष्ट्र बैंकले तोके बमाजिम देशका अन्य क्षेत्रमा समेत शाखा खोल्ने निर्णयका साथ प्रक्रिया अगाडि वढिसकेको र यस क्षेत्रमा मर्जर पश्चात दोहोरिएका शाखा स्थानान्तरण गरिएको हुँदा यस शाखाबाट बैंकले अन्य प्रतिस्पर्धि बैंकहरुसंग छुट्टै पहिचानका साथ गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Facebook Comments

सम्बन्धित समाचार