• होमपेज
  • समाचार
  • कार्की र शर्माका कारण सिइओ पन्त छानविनको घेरामा

कार्की र शर्माका कारण सिइओ पन्त छानविनको घेरामा

  • शुक्रबार, माघ १९, २०७४
कार्की र शर्माका कारण सिइओ पन्त छानविनको घेरामा

 

लक्ष्मी शर्मा र सुरिखा कार्कीलाई कालो सूचीमा राखी आतंकित बनाएको बैंक अफ काठमाण्डू लिमिटेडमा एक पछि अर्को घटना घटेपछि राष्ट बैंकका गर्भनर डा.चिरनजीवि नेपाल कानमा तोरीको तेल हालेर बसी रहेको भेटिएको छ ।

डा.गर्भनर नेपाललाई थाहा छ की छैन ? छैन भने यो पढे हुन्छ ः– बैंक अफ काठमाण्डू लिमिटेडमा ऋणीको जमानी चिनजानको आधारमा राखिएका शर्मा र कार्की अहिले कालो सूचीमा छन् । ऋणीले कर्जा नतिरेपछि उनीहरुलाई बैंकले कालो सूचीमा राखेको भेटिएको छ । यी दुई महिलाको तीनपुस्ते पत्रिकामा प्रकाशित गरी सडकमै पु¥याएको भेटिएको हो ।
सुरिखा कार्की कर्जा लिन एभरेष्ट बैंक पुगेपछि उनी कालो सूचीमा रहेको थाहा पाएकी छन् भने बैंकले कर्जा नदिने समेत बताएको छ ।

यी दुबै महिलाहरुलाई तीन पुस्ते प्रकाशित गरी सडकमा पुर्याउने सिइओ सोहनदेव पन्तले एब पछक सोचे हुन्छ । भने आफ्नी श्रीमतीलाई यस्तो गरिएको भए के गर्थे ? यो खोजीको विषय बन्न सक्दछ । गर्भनर डा.चिरनजीवि नेपाललको संरक्षण पाएका विओकेका सिइओ पन्त र सञ्चालक राधेश पन्तलाई निर्देष यी महिलालाई सडकमा पुर्याउने र धम्काउने अधिकार छैन ।

जनताको सम्पत्तिमा १२ लाख तलब खाने सिईओ सोहनदेव पन्त अहिले बैंक तहसनहस पार्ने काममा तल्लिन छन् । हालै बैंकले कमाएको नाफा हेर्ने हो भने बैंक माथि होइन तल जाँदैछ । नाफा घटेको छ । खराब कर्जा ४ प्रतिशत भन्दा बढी छ । पूँजी ८ अर्ब पुगेको छैन । तर राष्ट्र बैंकका गर्भनर डा.नेपाल उनीलाई नै संरक्षण गरिरहेका छन् ।

राधेश पन्त सिइओ हुँदा दिएका अधिकाश कर्जा अहिले प्रोभिजन भएका छन् । साँवा ब्याज उठेको छैन । ऋणिको नाम पत्रिकामा सार्वजनिक गर्दा निर्दोष जमानी बस्नेहरुको नाम र तीनपुस्ते प्रकाशन गरि गरिखान दिएका छैनन् ।

पत्रकारसँग सम्पर्कमै नआउने सिईओ पन्तले रातारात बैंक डुवाउन थालेपछि लगानीकर्ताहरु राष्ट्र बैंक र अख्तियार गुर्हान थालेका छन् । हालै बैंकले प्रकाशन गरेको आर्थिक रिपोर्ट हेरौं ः– बैंकको यो रिपोर्ट हेर्दा यस्तो लाग्दछ, किन विओकेलाई राष्ट्र बैंकले किन हस्तक्षेप नगरेको होला ?

बैंक अफ काठमाण्डूले चालू आर्थिक वर्षको दास्रो त्रैमासमा सन्तोषजनक बित्तीय पस्किन सकेन । व्याज खर्चका साथै कर्मचारी खर्चमा आएको बढोत्तरीले बैंकको व्यवसायिक यात्रा सुस्त बनेको हो । गत बर्षको दोस्रो त्रैमासको तुलनामा बैंकको खूद नाफा मात्र झण्डै ८ प्रतिशतले घटेको छ , भने अन्य सूचक सबै नकारात्मक छन् ।

समीक्षा अबधिमा बैंकको खुद नाफा ६० करोड १४ लाख ४७ हजार रुपैयाँबाट ५५ करोड १५ लाख ७९ हजार रुपैयाँमा सीमित भएको छ । लगानी अभावको असरले यस बैंकलाई पनि छुँदा व्याज आम्दानीभन्दा व्याज खर्च अधिक बढेको देखिन्छ । यो बैंकको लागि सकारात्मक संकेत होइन । जसका कारण समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी करीब ४६ हजारले घटेको देखिएको छ ।

बैंकले संभावित जोखिममा २३ करोड ५९ लाख छुट्याएपछि बैकको सञ्चालन मुनाफा पनि समीक्षा अवधिमा घटेको छ । गत बर्षको दोस्रो त्रैमासमा ८६ करोड ५९ लाख ९८ हजार रुपैंया सञ्चालन नाफा गरेको बैंकले यो बर्षको दोस्रो त्रैमासमा आइपुग्दा ७५ करोड ६५ लाख ६३ हजार रुपैयाँमा सीमित भएको छ । यसको असर लगानीकर्तालाई सोझै पर्ने प्रस्टै छ । यो हेर्दा बैंकले लगानीकर्ता माथि घात गरेको प्रस्टै भएपनि राष्ट्र बैंक चुप लागेर बसेको देखिन्छ ।

बैंकले यो त्रैमासमा ६ करोड ८६ लाख ७५ हजार रुपैयाँ राइट ब्याक गरेपनि खुद नाफालाई बढाउन सकेन । दोस्रो त्रैमासिकसम्म आइपुग्दा बैंकले ७० अर्ब ४३ करोड ९८ लाख ६० हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकले ६४ अर्ब ६६ करोड ९४ लाख २३ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

अहिले बैंकको चुक्ता पुँजी ६ अर्ब २४ करोड ५३ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ४ अर्ब ८९ करोड ७५ लाख रुपैंया सञ्चित छ । राष्ट्र बैंकले तोकेको आठ अर्ब पूँजी पु¥याउन बैंकले यही जगेडा कोषबाट बोनस बितरण गर्नुपर्ने हुन्छ ।
बैंकको खराब कर्जा अनुपात गत वर्षको तुलनामा बढेर ०.३५ अंकले बढेको छ । खराब कर्जा बढ्नुले बैंक ओरालो तिर हिड्नु हो ।

सिडी रेसियो राष्ट्रबैंकले तोकेको ८० प्रतिशतलाई छुन लागेको छ । बैंकको सिडी अनुपात ७९.२४ प्रतिशत छ । यो अवस्थामा बैंकले थप कर्जा प्रवाह गर्न सक्ने आधार देखिँदैन । कर्जा प्रवाह नभएपछि नाफा बन्ने देखिदैन । बैंक अहिले संकटमा पुगेको यो सूचकले प्रस्टै देखाएको छ । पूँजीकोष लागत पनि ४.१२ बाट बढेर ७.६ मा पुगेको छ ।

बैंकको प्रतिसेयर आम्दानी मात्रै १७ रुपैयाँ ६६ पैसा छ भने प्रतिसेयर नेटवर्थ १७८ रुपैयाँ ४२ पैसा छ । बैकको दोस्रो त्रैमास सकिँदासम्ममा तरलता अनुपात २६.३१ प्रतिशत रहेको छ । यो राम्रो संकेत होइन ।

बैंक अफ काठमाण्डूको पछिल्लो यो बित्तीय अवस्था अत्यन्तै कमजोर देखिएको छ । पटक पटक राष्ट्र बैंकले हस्तक्षेप गरेको यो बैंकमा फेरि राष्ट्र बैंकले हस्तक्षेप गर्ने संकेत देखा परेपछि ग्राहक डिपोजिटकर्जा र सेवाग्राही होसियार रहनु पर्ने तर्क एक राष्ट्र बैंकका निर्देशकले बताए ।

तत्कालीन लुम्बिनी बैंक लिमिटेडका बोर्ड अध्यक्ष प्रकाश श्रेष्ठ र सिईओ सोहनदेव पन्त अहिले विओकेका दुवै पदमा आसिन छन् । भने पूर्व बैंकका सिईओ राधेश पन्त सञ्चालक छन् । तर पनि बैंक दिन दुई गुना रात चौगुणा कमजोर भएपछि ठूला डिपोजिटकर्ताले रकम झिक्न थालेका भेटिएको छ । अब विओके राष्ट्र बैंकले हस्तक्षेप गर्ने प्रायः प्रस्टै छ ।  रातिलक साप्ताहिक

Facebook Comments

अघिल्लो समाचार

मोजमस्ती बन्द गर !
मोजमस्ती बन्द गर !

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने