मोजमस्ती बन्द गर !

  • शुक्रबार, माघ १९, २०७४
मोजमस्ती बन्द गर !

 

दर्जनौ बैंक र बित्तीय क्षेत्रमा ठगी अनैतिक आर्थिक कारोबार, निर्दाेष सर्वसाधारण फसाउने काम सिईओ र सञ्चालकद्वारा बैंक लुट्ने काम भएको समाचार बाहिर आएका छन् । बैंक र बित्तीय क्षेत्रको निगरानी गर्ने निरीक्षण गर्ने गल्ती भए कारवाही गर्ने (रेगुलेटर) निकाय नेपाल राष्ट्र बैंक किन भित्री रुपमा छानविन अगाडि बढाउँदैन ? यो अब आम सञ्चार माध्यामले खोजीको विषय बनाउनु जरुरी भएको छ ।

विओके, एनबी बैंक, सिभिल बैंक, कृषि विकास बैंकमा रकम चोरी, निर्दोष महिला फसाउने काम र जताततै दिनदहाडै कमिशनको खेल भएपनि नेपाल राष्ट्र बैंक स्थलगत निरीक्षण पनि गर्देन । यो कस्तो रेगुलेटर संस्था हो ? अर्थमन्त्री कहाँ छन् ? सिंगो सरकार कहाँ छ ?

सबैलाई थाहा नै छ नेपाल राष्ट्र बैंकका गर्भनर डा.चिरनजीवि नेपाल बैंकहरुका शाखा उद्घाटन गर्न र विदेश भ्रमण जान भ्याइनभ्याई छ । यति मात्रै होइन हिमालयन बैंक र ग्लोबल बैंकका विदेश अष्टे«लिया र लण्डनका शाखा उद्घाटन गर्न गर्भनर डा. नेपाल नै पुगे । त्यहाँ मिठो मोज मस्ती हुने भएकाले उनी उतै व्यस्त देखिन्छन् ।

उनी हाल लण्डनमा छन् । तर दुई जना लक्ष्मी शर्मा र सुरिखा कार्कीको आफ्नोनै नाम थाहा नै नपाई बैंक अफ काठमाण्डूले तीन पुस्तेसहित कालो सूचिमा राखी पत्रिकामा निकालेपछि घर र घाटको भई रोइ कराई गरिरहेका छन् । राष्ट्र बैंकमा उजुरी दिएका छन् । गर्भनर डा. नेपाल बैंकहरुलाई सानो स्पष्टिकरण पनि सोधेनन् । कारवाहीको त कुरै जाओस् । यो कस्तो रेगुलेटर संस्था हो ? अर्थमन्त्रीज्यू ! तपाइँको गर्भनर यो देशको राजा हो कि कसो ? जे गर्न पनि छुट ?

गर्भनर भएदेखि मोजमस्ती गर्न पल्केका डा. नेपाल किन बैंक र बित्तीय क्षेत्रलाई कारवाही गर्दैनन् दोषीलाई किन अनुभूति दिन्छन् । यो प्रश्न गम्भीर बन्दै गएको छ ।

एउटा शाखा उद्घाटन गर्ने काम गर्भनरको हो कि राष्ट्रको अर्थतन्त्र चलायमान बनाउने र बैंक र बित्तीय क्षेत्रलाई निगरानी बढाउने काम हो ? यो आम सञ्चार माध्यामलाई कसले बुझाउने हो । विओके, सिभिल, कृषि विकास र एनबी बैंक लिमिटेड भित्र भएका दर्जनौ काण्डहरुको जिम्मा अब गर्भनर डा.नेपालले लिनु पर्दछ । होइन भने सञ्चार माध्याममा आएका कुरा के हुन् छानविन, स्थलगत रुपमै गरी जनता सामु ल्याउने काम गर्नुपर्दछ कि पर्दैन ?

कुरा सधै ठूला गर्ने तर काम नगर्ने यस्ता गर्भनर डा.नेपाल अब राष्ट्र बैंकलाई चाहिएको छैन । कमिशन आउने खेलमा सधैं लाग्ने जनताको दुःख पीर के हो ? कार्की र शर्मा जस्था पीडित महिलाको यथार्थ के हो बुझ्ने काम गर्भनरको हो कि होइन ? एनसेलको पैसा रातारात विदेश लैजाने स्वीकृति दिने गर्भनर साब यो देश सबै नेपालीहरुको देश हो ।

राष्ट्र बैंक जीवनभर तपाइँको पेवा होइन, चाँडो भन्दा चाँडो लक्ष्मी शर्मा र सुरिखा कार्कीको कथा के हो ? बैंक अफ काठमाण्डूसँग स्पस्टिकरण लिई छानविन गरी तत्कालै बाहिर आहोस् । एनबी बैंक छानविन होस् नत्र जनता फेरि तपाइँ बिरुद्ध सडकमा आउने सक्नेछन् ख्याल होस् ।

राष्ट्र बैंक भित्र व्यक्तिवादी निर्णय गर्ने प्रचलन बढेको छ । बैंकर अनिल शाहलाई लक्षित गर्ने जुन निर्णय भए समय ६ महिना पुगेपछि अन्य बैंकमा जाने यस्था निर्णयले बैकिङ क्षेत्र तहसनहस हुन सक्दछ ।

राष्ट्र कैंकको पछिल्लो निर्णयले नविल बैंक सञ्चालक समितिले हालै अनिल शाहको सिईओ नियुक्त खारेज गरेको छ । र नयाँ सिइओ खोज्ने भएको छ । दूरगामी असर गर्ने निर्णयले गर्दा जनताको पैसा डुब्ने हो कि भन्ने हेक्का राख्नु जरुरी देखिन्छ, गर्भनर साब ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा