• होमपेज
  • समाचार
  • मनाङका उम्मेदवार मतदाता खोज्दै काठमाडौँमा

मनाङका उम्मेदवार मतदाता खोज्दै काठमाडौँमा

  • मङ्लबार, कार्तिक २१, २०७४
मनाङका उम्मेदवार मतदाता खोज्दै काठमाडौँमा

मनाङ,कार्तिक २१ –

मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उठेका मनाङका उम्मेदवार प्रचारप्रसारका लागि काठमाडौँ पुगेका छन् ।

मनाङका लगभग ५० प्रतिशतभन्दा बढी मतदाता काठमाडौँमै बसोबास गर्ने भएकाले दुई ठूला दल नेपाली काँग्रेस र नेकपा (एमाले)का उम्मेदवार काठमाडौँमा प्रचार गर्न गएका हुन् ।

काठमाडौँमा बसोबास गर्ने मनाङीको मतदाता नामावली मनाङमै भएको हुनाले उम्मेदवार उम्मेदवारी मनोनयनपछि काठमाडौँ पसेका हुन् । विशेष गरेर माथिल्लो मनाङ र नार फुका मानिस व्यापार व्यवसायका लागि मनाङ छाडी काठमाडौँ बसोबास गर्दै आएका छन् ।

काठमाडौँवासी मतदान गर्न मनाङ आउने भएका कारण उम्मेदवार मतदाता खोज्दै काठमाडौँ पुगेका हुन् । मनाङमा उच्च प्रतिस्पर्धामा रहेका दुई ठूला दल काँगे्रस र एमालेका उम्मेदवार मतदाताको घरदैलोमा मत मागिरहेका छन् ।

काँगे्रसका प्रतिनिधि सभा सदस्यका उम्मेदवार टेकबहादुर गुरुङ, प्रदेश ‘क’ का चिन्तबहादुर घले र प्रदेश ‘ख’ का कर्म गुरुङलगायतका प्रचार टोली अहिले काठमाडौँैमा प्रचारप्रसारमा खटिरहेको नेका जिल्ला सचिव सुरेन्द्र गुरुङले बताउनुभयो ।

त्यस्तै, एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार पाल्तेन छोपाङ गुरुङ, प्रदेश ‘क’ का धोर्जे ढिन्दुल गुरुङलगायतका प्रचारप्रसार टोली भने प्रचारप्रसार सकी मनाङ फर्किएको एमाले पार्टी स्रोतले जनाएको छ ।

मनाङका आधाभन्दा बढी मतदाता काठमाडौँमा बसोबास गर्ने भएकाले उम्मेदवार मतदाताको मन जित्न काठमाडौँ गएका हुन् । – रासस

Facebook Comments

सम्बन्धित समाचार