• होमपेज
  • Uncategorized
  • भरतपुर अस्पताललाई केन्द्रीय अस्पताल बनाउने तयारी

भरतपुर अस्पताललाई केन्द्रीय अस्पताल बनाउने तयारी

  • मङ्लबार, कार्तिक २१, २०७४
भरतपुर अस्पताललाई केन्द्रीय अस्पताल बनाउने तयारी

चितवन, कार्तिक २१–

स्वास्थ्य मन्त्रालयकी सचिव डा.किरण रेग्मीले भरतपुर अस्पताललाई केन्द्रीय अस्पतालको रुपमा स्तरोन्नती गर्न लागेको बताउनुभएको छ ।

अस्पतालले दिएको सेवा प्रभावकारी भएको मूल्यांकन गर्दै उहाँले अस्पतालको विकासको लागि मन्त्रालयले प्राथमिकतामा राखेको बताउनुभयो । भरतपुर अस्पतालको निरीक्षण पछि अस्पतालको सेवा सन्तोषजनक रहेको र अस्पतालको विकासमा मन्त्रालयले उच्च प्राथमिकताका साथ काम गर्ने प्रतिबद्धता जनाउनुभएको डा.रेग्मीलाई उदृत गर्दै अस्पतालका सूचना अधिकारी गोपालप्रसाद पौडेलले बताउनुभयो ।

सचिव रेग्मी ६ वर्षअघि भरतपुर अस्पतालमै कार्यरत हुनुहुन्थ्यो । अस्पतालका मेसु डा. रुद्रप्रसाद मरासिनीले अस्पतालको विद्यमान अवस्था वारे जानकारी गराउनुभयो । डा.रेग्मीलाई भरतपुर अस्पतालका चिकित्सक तथा कर्मचारीले स्वागत गरेका थिए ।

सोही कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्रालयका चिकित्सा महाशाखा प्रमुख विशेषज्ञ डा.भोलाराम श्रेष्ठले अस्पतालको स्तरोन्नतीसंगै एमआरआई मेसिनको लागि प्रक्रिया अघि बढाईएको जानकारी दिनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा