• होमपेज
  • Uncategorized
  • एमाले नेता सुरेन्द्र पाण्डेले भनेः वाम सरकार आए वृद्ध भत्ता ५ हजार, सवै जनताको निशूल्क उपचार !

एमाले नेता सुरेन्द्र पाण्डेले भनेः वाम सरकार आए वृद्ध भत्ता ५ हजार, सवै जनताको निशूल्क उपचार !

  • शनिबार, कार्तिक १८, २०७४
एमाले नेता सुरेन्द्र पाण्डेले भनेः वाम सरकार आए वृद्ध भत्ता ५ हजार, सवै जनताको निशूल्क उपचार !

चितवन,कार्तिक १८-

नेकपा एमालेका स्थायी समिति सदस्य एवम् क्षेत्र नः १ चितवनका उम्मेदवार सुरेन्द्र पाण्डेले अब वन्ने वाम सरकारले वृद्धभत्ता ५ हजार बनाउने र जनताको उपचार निशुल्क गर्ने बताएका छन् । वाम गठवन्धनले चितवनको माडीमा गरेको कार्यक्रमलाई सम्वोधन गर्दै नेता पाण्डेले जनताको सामाजिक सुरक्षामा वाम गठवन्धनको सरकारको चासो सवैभन्दा बढि रहने दावी गरे ।

वृद्धभत्ता अहिले २ हजार छ त्यसमा ३ हजार थप्न कुनै समस्या हुँदैन, स्वास्थ्य बीमा मार्फत सवै जनताले निशूल्क उपचार पाउँछन् पाण्डले भने, कांग्रेसले वाम गठवन्धनका बिरुद्ध जतिसुकै हल्ला र कोकोहोलो मच्चाएपनि कोही जनताले पत्याउनेवाला छैन् । उनले सवै युवालाई रोजगार प्रदान गर्न पनि बाम गठबन्धनका उम्मेद्वारलाई जिताउन आग्रह गरे । उनले निर्वाचनपछिको पहिलो काम स्वरुप भरतपुरदेखी ठोरी सम्मको वाटो पिच गरिने वताए ।

पाण्डेले राप्रपा प्रजातान्त्रिकका नेता एवम् उपाध्यक्ष विक्रम पाण्डे प्रति लक्षित गर्दै पैसाको बलमा निर्वाचन जित्ने सपना नदेख्न आग्रह गरे । चितवन निर्वाचन क्षेत्र नः ३ का कांग्रेस मतदाता टुहुरो जस्तो भएको भन्दै नेता पाण्डले आफ्नो चुनाव चिन्हमा मतदान गर्न नपाउने दुर्भाग्य यहाँका कांग्रेसलाई देउवाले ल्याइदिएको वताए ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)