• होमपेज
  • समाचार
  • नवलपुर क्षेत्रमा धमाधम कार्यालय स्थापना हुँदै

नवलपुर क्षेत्रमा धमाधम कार्यालय स्थापना हुँदै

  • बुधबार, कार्तिक १, २०७४
नवलपुर क्षेत्रमा धमाधम कार्यालय स्थापना हुँदै

ज्ञानु पँगेनी,

नवलपरासी, कार्तिक १–

नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुर क्षेत्रमा धमाधम कार्यालय स्थापना हुन थालेका छन् ।

बुधबार मात्रै कावासोती–८ सभापतीचोकबाट ३ सय मिटर भित्र भाडाको घरमा जिल्ला निर्वाचन कार्यालय स्थापना भएको छ । कावासोतीमा एक हप्ताको अवधिमा मूख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला समन्वय समिती र जिल्ला निर्वाचन कार्यालय गरि ३ वटा कार्यालय स्थापना भएका छन् ।

निर्वाचन कार्यालयका निर्वाचन अधिकृत भेषराज घिमिरेले कार्यालय स्थापना गरेर बुधबारबाट नै काम शुरु गरिएको जानकारी दिए । प्रदेश र प्रतिनिधी सभाको निर्वाचन नजिकिएकाले काम धेरै भएको हुँदा तत्कालका लागि घर भाडाका लिएर कार्यालय स्थापना गरिएको उनले बताए । तिहार लगत्तै निर्वाचका सबै काम धमाधम शुरु गरिने उनले बताए ।

तत्कालका लागि ४ जना कर्मचारी कार्यालयमा खटाईएको छ । कार्यक्रमम नवलपरासी सुस्ता पश्चिम परासीका निर्वाचन अधिकृत अयोधीप्रसाद भण्डारी, नवलपुरका स्थानीय विकास अधिकारी विजय पौडेल, वडा नम्बर ८ का वडा अध्यक्ष आनन्द गुरुङ्गलगायतले कार्यक्रममा बोल्दै नवलपुर क्षेत्रमा धमाधम कार्यालय स्थापना भएपछि यहाँका जनतालाई सहज हुने बताएका थिए ।

निर्वाचन अधिकृत अयोधीप्रसाद भण्डारीका अनुसार नवलपरासीमा ४ लाख २९ हजार ८ सय ९४ जना मतदाता रहेका छन् । जसमध्ये नवलपुर क्षेत्रमा मात्रै २ लाख २१ हजार मतदाता रहेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार