• होमपेज
  • Uncategorized
  • कुकुर व्यवस्थापनका लागि रोयल राइनो राइडर्सको सहयोग

कुकुर व्यवस्थापनका लागि रोयल राइनो राइडर्सको सहयोग

  • बुधबार, कार्तिक १, २०७४
कुकुर व्यवस्थापनका लागि रोयल राइनो राइडर्सको सहयोग

चितवन, कार्तिक १–

पशु कल्याणको क्षेत्रमा कार्य गरिरहेको संस्था एनिमल राइट्स क्लबलाई सडकका कुकुरहरुको व्यस्थापनको लागि सहयोग रकम हस्तान्तरण गरिएको छ।

आज कुकुर तिहारको अवसर पारेर रोयल राइनो राइडर्स र वे ग्रुपको समन्वयमा सौराहामा एक कार्यक्रम गरी सहयोग रकम हस्तान्त्रण गरिएको हो ।

सोही कार्यक्रममा बोल्दै रोयल राइनो राइडर्सका अध्यक्ष सुबिर चरन श्रेष्ठले यस्ता कार्यक्रम निरन्तरता दिदै जानु पर्ने बताउनुभयो । राइडर्सहरुलाई पनि सामाजिक क्षेत्रमा क्रियाशिल छन् भन्ने सन्देश सबैमा प्रवाह हुनु पर्ने उहाँको भनाई थियो। साथै कुकुरहरुलाई तिहार बाहेक अरु दिन पनि माया र असहायलाई सहयोग गर्नु पर्ने उहाँले बताउनुभयो। भावी दिनहरुमा पनि दुवै संस्था समन्वयनमा कुकुरहरुको लागि काम गर्ने प्रतिबद्धता दुवै संस्थाका सदस्यहरुले जनाएका थिए।

त्यस कार्यक्रम अघि रोयल राइनो राइडर्सको नेतृत्वमा क्षेत्रपुरबाट सुरु गरिएको र्‍याली पोखरा बसपार्क परिक्रमा गरि सौराहाको हात्ती प्रज्वलन केन्द्रमा पुगी समापन भएको थियो।

Facebook Comments

सम्बन्धित समाचार