• होमपेज
  • समाचार
  • बलिउडका चर्चित पाश्र्व गायक तिवारीले चितवनमा प्रस्तुती दिने

बलिउडका चर्चित पाश्र्व गायक तिवारीले चितवनमा प्रस्तुती दिने

  • बुधबार, कार्तिक १, २०७४
बलिउडका चर्चित पाश्र्व गायक तिवारीले चितवनमा प्रस्तुती दिने

चितवन, कार्तिक १–

बलिउडका चर्चित पाश्र्व गायक तथा संगीत निर्देशक अकिंत तिवारीको कन्सर्ट चितवनमा हुने भएको छ ।

यही कार्तिक ६ गते क्याम्पाचौर नारायणगढमा हुन लागेको टि.एस.एन चितवन म्यूजिक फिस्टामा तिवारीको प्रस्तुती हुन लागेको हो । जजी ईन्टरटेनमेन्ट एण्ड नबिन उपाध्यायको प्रस्तुतीमा हुने टि.एस.एन चितवन म्युजिक फिस्टा बारे आयोजकले बुधबार नारायणगढमा पत्रकार सम्मेलन गरि म्यूजिक फिस्टा बारे जानकारी गराएको हो ।

बलिउडका चर्चित पाश्र्व गायक तिवारी पहिलो पटक चितवन आउन लागेका हुन् । गायक तिवारीले ल्याउन लागेको नयाँ एल्बम ‘तुम हर दफाह’को प्रमोशन गर्ने उद्देश्यले कार्यक्रममा सहभागि हुन लागेको आयोजक कमिटिका सदस्य सन्दिप झाले बताउनुभयो ।

चितवनकै ठूलो ईभेन्टका रुपमा लिईएको यस ईभेन्टको लागि भव्य तयारी भईरहेको आयोजकले जनाएको छ । गायक तिवारीसंगै ईभेन्टसमा डिजे, स्थानीय गायक, ब्रोहुड व्यान्ड तथा नेपाली कथानक चलचित्र ‘रोमीयो’का कलाकारहरु निशा अधिकारीलगायतको प्रस्तुती रहने पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

सांगीतिक प्रस्तुती हेर्नका लागि दुई हजार, एक हजार र पाँच सय रुपैयाँको टिकटदर तोकिएको छ । साथै ईभेन्टमा सुरक्षाको लागि सिसिटिभी क्यामरा र फ्रि वाईफाईको पनि व्यवस्था गरिएको झाले बताउनुभएको छ । भव्य र सभ्य रुपमा आयोजना गर्न लागिएको ईभेन्टसका लागि करिब २० लाख खर्च हुने आयोजकले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार