• होमपेज
  • समाचार
  • प्रवासी चितवनेहरुकोे विश्व सम्मेलन भरतपुरमा शुरु

प्रवासी चितवनेहरुकोे विश्व सम्मेलन भरतपुरमा शुरु

  • बुधबार, कार्तिक १, २०७४
प्रवासी चितवनेहरुकोे विश्व सम्मेलन भरतपुरमा शुरु

चितवन, कार्तिक १–

चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिको विश्व सम्मेलन आज (बुधबार)देखि भरतपुरमा शुरु भएको छ ।

दुई दिनचल्ने सम्मेलनको वन तथा भूसंरक्षण मन्त्री विक्रम पाण्डेले उद्घाटन गर्नुभयो । उक्त समारोहमा मन्तव्य राख्दै मन्त्री पाण्डेले युवाहरुले विदेशमा बसेर नेपाल र नेपालीका लागि गरेको योगदान उल्लेखनिय रहेको भन्दै प्रशंसा गनुभयो । उहाँले विदेशमा बस्ने युवा उद्यमीहरुलाई स्वदेश मै आउने वातावरण सिर्जना गर्नुपर्नेमा समेत जोड दिनुभयो ।

“तपाईहरुमा, विदेशमा बसेर जति बेलापनि देश विकासको चिन्तन छ, मन्त्री पाण्डेले भन्नुभयो, हामी यहाँ बसेर भाषण मात्रै गरिरहेका छौं ।” उहाँले स्मार्ट सिटी बनाउने भनेर नेताहरुले भाषण गर्ने गरेपनि के हो स्मार्ट सिटी भनेर सोध्यो भने नेताहलरुले भन्नै नसक्ने अबस्था रहेको भन्दै कटाक्ष गर्नुभयो ।

विश्व सम्मेलनको उद्घाटन समारोममा मन्तव्य राख्नुहुँदै शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले नेपालको आवश्यकता परिपूर्ण गर्ने खालको र रोजगारमुलक शिक्षा आजको आवश्यकता भएको औंल्याउनुभयो ।

प्रवासीएका नेपालीहरुले देश विकास र सामाजिक क्षेत्रमा गरेको कामको सराहना व्यक्त गर्दै राज्यमन्त्री अधिकारीले देशको समृद्धिका लागि खर्चगर्ने बेला आएको उल्लेख गर्नुभयो ।

सो क्रममा हालै निर्वाचित गैर आवासिय नेपाली संघ(एनआरएनए)का सह–कोषाध्यक्ष सोमनाथ सापकोटाले विदेशमा आर्जन गरेको श्रम, शिप र पुँजिलाई नेपालमा लगानी गर्न आफुहरु तयार रहेको भन्दै उक्त अभियानमा लागेको बताउनुभयो ।
एनआरएनएका मध्यपूर्व संयोजक राजेन्द्र कुमार शर्माले शिप र क्षमताको विकास गर्न सरकारले नसकोको दावी गर्दै अब प्राविधिक शिक्षाको विकासमा लाग्नुपर्ने औंल्याउनुभयो । विदेशबाट पठाएको रेमिट्यान्सको ६०,६५ प्रतिशत रकम अनुत्पादक क्षेत्रमा लगानी भएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

जारी विश्व सम्मेलनले अध्यक्ष, उपाध्यक्ष, महासचिव कोषाध्यक्ष सहित १९ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ ।

हाल कतार, ईजरायल, यूएई, दक्षिण कोरिया, जापान, कुवेत, साईप्रस, बहराईन, डेनमार्क र आयरल्याण्डमा रहेका चितवनेहरु संस्थामा आवद्ध छन् । पाँचवटा देश सहभागी हुने क्रममा रहेको बताईएको छ ।
चितवन युवा समुह अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष मुक्तिप्रसाद अधिकारीको अध्यक्षतामा शुरु भएको विश्व सम्मेलनमा संस्थाका सचिव राजन घिमिरेले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

चितवनका पत्रकार ढुंगाना पुरस्कृत

वैदेशिक रोजगारमा गएका चितवनेहरुको दोस्रो विश्व सम्मेलन तथा चौथो साधारणसभाका अबसरमा पत्रकारितामार्फत सामाजिक क्षेत्रमा गरेको योगदानको उच्च मुल्यंकन गर्दै चितवनका पत्रकार नारायण ढुंगाना पुरस्कृत हुनुभएको छ । पत्रकार महासंघका केन्द्रिय सभासद ढुंगाना रासस चितवन समाचारदातासँगै एटुजेड समाचार डटकमका सम्पादक हुनुहुन्छ भने थाहा सञ्चार नेटवर्कमा समेत आबद्ध हुनुहुन्छ ।

उहाँलाई आज नगद रु ११ हजार १११ सहित कदरपत्रले सम्मान गरिएको थियो । उहाँलाई वनमन्त्री विक्रम पाण्डे र शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले संयुक्त रुपमा सम्मान गर्दै पुरस्कार प्रदान गर्नुभएको थियो ।
सोही कार्यक्रममा उद्योग क्षेत्रबाट चितवन उद्योग संघका उपाध्यक्ष भेषराज दवाडी तथा सामाजिक क्षेत्रबाट चितवन मानवसेवा आश्रमकी सञ्चालक ममता शर्मालाई सम्मान गरिएको थियो ।

सो क्रममा रत्ननगर नगरपालिकाका नगरप्रमुख नारायण वन, हालै एनआरएनएको विश्व सम्मेलनबाट निर्वाचित सह—कोषाध्यक्ष सोमनाथ सापकोटा तथा मध्यपूर्व संयोजक राजेन्द्र कुमार शर्मालाई शुभकामना पत्र प्रदान गरिएको थियो । सो क्रममा संस्थामा योगदानि दिने विभिन्न व्यक्तिहरुलाई कदरपत्र सहित सम्मन गरिएको थियो ।

कार्यक्रममा भूकम्पपीडितका लागि दक्षिण कोरिया चितवन सम्पर्क समितिबाट आएको रु. ६० हजार संस्थाका प्रमुख सल्लाहकार गिरीराज कुँवरले चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष मुक्तिप्रसाद अधिकारीलाई हस्तान्तरण गर्नुभयो ।

संस्थाका उपाध्यक्ष बुद्धिराज अर्यालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा आयोजक समितिका प्रवास संयोजक समिर खत्री, रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, व्यवसायी भेषराज दवाडी, सामाजसेवी विजय सुवेदी, पार्टी प्रतिनिधि उत्तम जोशी, विदेशमा रहेको विभिन्न संघसंगठनका प्रतिनिधिहरु सरोज कँडेल, बालकृष्ण पौडेल, गिरीराज कुँवर, बेदराज पौडेल, शान्ता ज्ञवाली, निरज काफ्ले र सरु चापागाईले आ–आफ्ना भनाई राख्नुभएको थियो ।

२०६९ सालमा स्थापना भएको समितिले यो पाँच वर्षमा रु. २ करोड बढीको सामाजिक सेवामा सहयोग गरिसकेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने