• होमपेज
  • समाचार
  • १४ औं दिनमा डा.केसीले यसकारण तोडे अनशन

१४ औं दिनमा डा.केसीले यसकारण तोडे अनशन

  • बिहिबार, कार्तिक २, २०७४
१४ औं दिनमा डा.केसीले यसकारण तोडे अनशन

काठमाडौं, कार्तिक २–

चिकित्सा क्षेत्रको सुधारको माग गर्दै आमरण अनशनमा बस्नु भएका डा.गोविन्द केसीले १४ औं दिनमा अनशन तोड्नु भएको छ । डा.केसी र सरकारी वार्ता टोलीबीच बुधबार साँझ सम्झौतापत्रमा हस्ताक्षर भएपछि अनशन तोडिएको हो ।

सरकार र डा. गोविन्द केसीबीच १० बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको छ। सरकार र केसी पक्षधर वार्ताटोलीबीच भएको बैठकले सम्झौताका बुँदा तय गरेको थियो। सम्झौता क्रममा शिक्षामन्त्री र स्वास्थ्यमन्त्री उपस्थित थिए।

शिक्षण अस्पताल महाराजगन्जमा स्वास्थ्य मन्त्री दीपक बोहोरा, स्वास्थ्य सचिव डा.किरण रेग्मी, प्रधानमन्त्री कार्यलयका सचिव महिन्द्रप्रसाद उपाध्याय, चिकित्सा सेवा महाशाखा प्रमुख डा भोलाराम श्रेष्ठ, वरिष्ठ अधिवक्ता ओमप्रकाश शर्मालगायतको रोहवरमा १० वर्षे बालिका रोजिना तामाङको हातबाट महपानी खाएर डा. केसीले अनशन तोड्नुभयो ।

सहमतिअनुसार डा.गोविन्द केसीले माग गर्दै आएको चिकित्सा शिक्षा विधेयक सरकारले अध्यादेशबाट ल्याउने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा र शिक्षामन्त्री गोपालमान श्रेष्ठसहित सरकारी वार्ताटोली तथा केसी वार्ताटोलीबीच बुधबार यस्तो सहमति भएको हो।

यही कात्तिक ६ गते बस्ने मन्त्रिपरिषदले यो विधेयक अध्यादेशका रूपमा जारी गरी स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पेस गर्ने बैठकको निर्णय रहेको केसी पक्षका वार्ताकार अभिषेक सिंहले बताए।

चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा व्याप्त बेथिति अन्त्य गर्न पाँच वर्षदेखि सत्याग्रह आन्दोलन गर्दै आएको डा. केसीको यो १४ औं चरणको अनसन हो।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा