• होमपेज
  • समाचार
  • कास्कीमा ८० प्रतिशत फूलको आपूर्ति आन्तरिक उत्पादनबाट

कास्कीमा ८० प्रतिशत फूलको आपूर्ति आन्तरिक उत्पादनबाट

  • बुधबार, कार्तिक १, २०७४
कास्कीमा ८० प्रतिशत फूलको आपूर्ति आन्तरिक उत्पादनबाट

पोखरा,कार्तिक १ –

कास्कीमा ८० प्रतिशत फूलको आपूर्ति आन्तरिक उत्पादनबाटै हुने गरेको छ ।

पोखरा–लेखनाथ महानगरपालिकामा स्थापना भएका ३२ वटा नर्सरी, स्थानीयस्तर र आसपासका जिल्लाबाट मगाएर तिहारमा चाहिने पूmलको मागलाई पूरा गर्ने गरिएको फ्लोरिकल्चर एशोसिएशन नेपाल कास्कीले जनाएको छ ।

छिमेकी जिल्ला स्याङजा, पर्वत, तनहुँ, लमजुङ, गोरखा र बागलुङबाट पूmल ल्याइने गरिएको छ भने २० प्रतिशत मात्रै भारतका विभिन्न शहरबाट पूmल आयात गरिन्छ । भाइटिकाका दिन दिदीबहिनीले दाजुभाइलाई लगाउनुका साथै आजभोलि घर सजाउन समेत मालाको प्रयोग गरिन्छ । जिल्लामा बढी मात्रामा सयपत्री, मखमली, सुपारी जातका पूmल प्रयोग गरिन्छ ।
यस पटक करिब रु एक करोड बराबरको पूmलको कारोबार हुने बताइएको छ । एउटा सयपत्री पूmलको माला रु एक सयदेखि रु २०० सम्ममा बिक्री हुने गरेको छ । – रासस

Facebook Comments

सम्बन्धित समाचार