• होमपेज
  • Uncategorized
  • ‘बादल’ले छाडे दावी, चितवन क्षेत्र नम्बर २ बाट अन्ततः एमाले अध्यक्ष पोखरेल लड्ने

‘बादल’ले छाडे दावी, चितवन क्षेत्र नम्बर २ बाट अन्ततः एमाले अध्यक्ष पोखरेल लड्ने

  • बुधबार, कार्तिक १, २०७४
‘बादल’ले छाडे दावी, चितवन क्षेत्र नम्बर २ बाट अन्ततः एमाले अध्यक्ष पोखरेल लड्ने

चितवन, कार्तिक १–

सर्वाधिक चर्चामा रहेको चितवन क्षेत्र नम्बर २ मा अन्ततः एमाले जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल लड्ने भएका छन् ।

क्षेत्र बाँडफाँडका लागि गठन गरिएको कार्यदलमा चितवनका तीनवटा क्षेत्र मध्ये दुईवटा एमाले र एउटा माओवादीलाई दिने सहमति भएपछि पोखरेल चुनाव लड्ने निश्चित जस्तै भएको हो । यसअघि माओवादी (केन्द्र)का प्रभावशाली नेता रामबहादुर थापा ‘बादल’ले दावी गरेपछि क्षेत्र नं.२ विवादमा परेको थियो । एमालेका जिल्ला नेता तथा कार्यकर्ताहरुले दुई नम्बर क्षेत्र एमालेले पाउनुपर्ने नत्र प्रचण्डको जित नै धरापमा पर्ने चेतावनी दिँदै आईरहेका थिए ।

स्रोतका अनुसार चितवनमा एमालेलाई दुई र माओवादीलाई एक क्षेत्र दिने सहमती भएको छ । एमाले चितवनका अध्यक्ष पोखरेलले नारायणी अनलाईन भन्नुभयो– “मैले पनि सहमतीको कुरा सुने, चितवन फर्कदै छु, ‘बादल’ मेरो आदरणीय नेता हुनुहुन्छ, उहाँको साथ लिएर चुनावमा अघि बढ्छु ।”अध्यक्ष पोखरेल चितवन क्षेत्र नं.२ बाट सर्वसम्मत रुपमा केन्द्रमा सिफारिस हुनु भएको छ । जसका कारण सहमती अनुसार अब उहाँले टिकट पाउने निश्चित जस्तै भईसकेको छ । पोखरेललाई चितवनमा लोकप्रिय नेताका रुपमा लिने गरिन्छ । २०७० सालको संविधानसभा चुनावमा पनि उहाँ तत्कालिन क्षेत्र नं.३ बाट विजयी हुनुभएको थियो ।यस्तै चितवन–३ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घोषणा गरिसक्नुभएको छ । क्षेत्र नम्बर १ बाट एमाले नेता सुरेन्द्र पाण्डे चुनाव लड्ने निश्चित भइसकेको छ ।

दुई नम्बर क्षेत्रमा माओवादीको उपस्थिति कमजोर भएको र समग्र जिल्लामै माओवादी कमजोर स्थितिमा रहेकोले कार्यकर्तामा व्यापक असन्तुष्टि पैदान हुने भएपछि यो सहमती भएको बुझिएको छ ।

यस्तै चितवन–२ माओवादीले छाड्ने भएपछि थापालाई समानुपातिकमा राख्ने कि अरु कुनै क्षेत्रबाट उम्मेद्वार बनाउने भन्ने विषयमा कार्यदल र माओवादीभित्र छलफल चलिरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)