• होमपेज
  • अर्थ/वाणिज्य
  • नारायणगढ बजार अस्तव्यस्त, तिहारका लागि किनमेल गर्नेको भीड (भिडियोसहित)

नारायणगढ बजार अस्तव्यस्त, तिहारका लागि किनमेल गर्नेको भीड (भिडियोसहित)

  • बुधबार, कार्तिक १, २०७४
नारायणगढ बजार अस्तव्यस्त, तिहारका लागि किनमेल गर्नेको भीड (भिडियोसहित)

चितवन, कार्तिक १–

नेपालीहरुको दोस्रो ठूलो चाड तिहार सबैको घरआँगनमा आईसकेको छ । तिहारका लागि आवश्यक सामाग्रीको जोहो गर्न सबै व्यस्त छन् । यसै त अन्य समयमा पनि व्यस्त रहने नाराणगढ बजार तिहार लागेसंगै अहिले निकै भीडभाड लागेको छ । किनमेल गर्नेको भीडले नारायणगढमा आवातजावत गर्ने कठिन भएको छ । तिहारका सरसामाग्री किन्नेको भीडले नाराणगढ बजार अस्तव्यस्त बनेको छ ।

तिहारमा लगाइने माला, सप्तरंगी टीका र ढाका टोपि किन्नेहरुको भीड लागेको छ । बजारमा प्रयाप्त मात्रामा सयपत्रीको माला नपाउँदा धेरैले प्लास्टिकको माला पनि किनिरहेका छन् । व्यवसायीहरुले सयपत्तीको मालासंगै प्लास्टिकको माला पनि उत्तिकै विक्रि वितरण भईरहेको बताएका छन् ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले तिहारको समयमा झिलिमिलि बत्तीसंगै खाद्य सामाग्री, फूलामालाको विक्री वितरण धेरै भईरहेको बताउनुभएको छ । नारायणी अनलाईनसंग कुरागर्दै अध्यक्ष गौतमले चितवनमा वर्षेनी जनसंख्याको चाप बढ्दै गईरहेको बजारमा भीडभाड लागेको भन्दै व्यवसायीहरुले सहज रुपमै विक्री वितरण गरिरहेको बताउनुभयो । उहाँले व्यवसायीहरुलाई बढि मूल्य लिन नदिन सचेतना कार्यक्रम गर्नुको साथै प्रशासनको समन्वयमा दिनदिनै अनुगमन समेत भईरहेको बताउनुभयो । उहाँले यसवर्ष चितवनमा दशैंको समयमा राम्रो व्यापार भएकोले तिहारमा पनि उही अवस्था देखिएको बताउनुभयो ।

जिल्लाका अन्य बजारहरु भरतपुर, टाँडी, पर्सा, भण्डारामा पनि भाई मसला, ओखर, काजु, किसमिस, पूजा गर्नका लागि लक्ष्मी भगवानको फोटो, भिलीमिलि बत्ती, माटोका पालाहरु, रंगीचंगी प्लास्टिकका कृत्रिम मालाहरु लगायतका सामाग्री किन्नेहरुको भीड लागेको छ ।

बजारमा कृतिम मालाहरु २० रुपैयाँदेखि ३ सय रुपैयाँ सम्ममा बिक्री हुने गरेका छन् । त्यसैगरी सप्तरंगी टीका, टोपी, माटोको दीयो लगायतका सामाग्रीको माग पनि बढेको यहाँका व्यापारीहरुले बताएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा