• होमपेज
  • समाचार
  • दूध बिक्री नहुँदा किसान समस्यामा

दूध बिक्री नहुँदा किसान समस्यामा

  • बुधबार, कार्तिक १, २०७४
दूध बिक्री नहुँदा किसान समस्यामा

पाल्पा,कार्तिक १ –

अर्गलीमा दलित समुदायले उत्पादन गरेको दूध डेरी सञ्चालकले लिन नमान्दा किसानलाई समस्या भएको छ ।

उत्पादित दूध डेरी सञ्चालकले लिन नमानेपछि किसान खेर फाल्न बाध्य छन् । दलित समुदायले पटक पटक सञ्चालकलाई दूध लिन आग्रह गरेपनि अझैसम्म लिन नमानेको स्थानीयवासी गीता बम्रेलले बताउनुभयो ।

अर्गलीका किसानले उत्पादन गरेका करिब ३० लिटर दूध खेर गएको छ । स्थानीयवासी लक्ष्मी विश्वकर्माले दूध बेच्न डेरीको अभाव रहेको बताउनुभयो । अधिकारकर्मीले एक हप्ताभित्र दूध लिन आग्रह गरेपनि डेरी सञ्चालक लिन मानेका छैनन् ।

तानसेन नगरपालिका–१४, अर्गलीको प्रहरी चौकीमा, दलित अधिकारकर्मी, वडाध्यक्ष र डेरी सञ्चालकबीच छलफल भए पनि टुंगोमा पुग्न नसक्दा समस्या भएको छ । रासस

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने