• होमपेज
  • समाचार
  • रौतहटमा बाढीपीडितद्धारा सिडियो र एसपीको गाडीमा ढुंगा प्रहार

रौतहटमा बाढीपीडितद्धारा सिडियो र एसपीको गाडीमा ढुंगा प्रहार

  • बुधबार, कार्तिक १, २०७४
रौतहटमा बाढीपीडितद्धारा  सिडियो र एसपीको गाडीमा ढुंगा प्रहार

रौतहट,कर्तिक १ –

आफ्ना मान्छेलाई मात्रै स्थानीय तहका अधिकारीहरुले बाढी तथा डुबान पीडितको सूचिमा राखि राहत वितरण गरेको भन्दै देबाही बोनाही नगरपालिकाका प्रभावित आक्रोशित भएका छन् । आक्रोशित पीडितले रौतहटका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको गाडीमा तोडफोड समेत गरेको छ ।
देबाही बोनाही नगरपालिकाका कार्यकारी अधिकृत मनोज झाले नगर कार्यलयमा २१८ वाढीपीडितलाई सम्बन्धित वडाका सचिवको सिफारिशमा राहत वितरण गर्नै लाग्दा आक्रोशित स्थानीय तोडफोडमा उत्रिएका हुन् ।
पीडितहरुले सचिवले आफ्ना मान्छेलाई मात्रै सिफारिश गरेका तथा वास्तविक पीडितलाई छुटाएको भन्दै विहानैदेखि नगरपालिकाको कार्यालय घेराउ गरेका थिए ।
उत्पन्न तनावलाई मिलाउने प्रयासस्वरुप त्यहाँ पुगेका प्रजिअ उद्धव बहादुर थापा र नेपाल प्रहरीका एसपी यज्ञ विनोद पोखरेल तथा सशस्त्रका एसपी प्रमराज पोखरेलको गाडीमा पीडितले ढुंगा प्रहार गरेका हुन् । उनीहरुको पार्किङ गरेर राखिएको गाडीमा पीडितले ढुंगा प्रहार गर्दै तोडफोड गरेका हुन् । तोडफोडबाट गाडीका सिसाहरु फुटेको बताइएको छ ।

सो क्रममा दुई पक्षीय झपड हुँदा सशस्त्रका सई वीरेन्द्र यादव र नेपाल प्रहरी अर्का एक जवान घाइते भएको प्रजिअ थापाले बताए ।
अहिले पनि सो क्षेत्र तनावग्रस्त रहेको छ । यद्यपी प्रशासनले समानरुपले राहत वितरण गरिने भन्दै अहिले सिफारिशमा परेकालाई कुन आधारमा सिफारिश गरिएको हो त्यसबारेमा छानबिन गर्ने बताएको छ ।
प्रजिअको संयोजनमा देबाही बोनाईका मेयर धम्रेन्द्र पटेल तथा सम्बन्धित वडाका वडाध्यक्षहरुको बैठकले सो निर्णय गरेको हो ।
गत वर्षायाममा भएको डुवान समस्याका कारण सो क्षेत्रमा बासिन्दा नराम्ररी प्रभावित भएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने