• होमपेज
  • समाचार
  • राजपा नेता राजकुमार लेखी सप्तरी १ बाट चुनाव लड्दै

राजपा नेता राजकुमार लेखी सप्तरी १ बाट चुनाव लड्दै

  • बुधबार, कार्तिक १, २०७४
राजपा नेता राजकुमार लेखी सप्तरी १ बाट चुनाव लड्दै

काठमाडौं, कार्तिक १–

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका महासचिव एवंम चर्चित थारु नेता राजकुमार लेखी प्रतिनिधि सभाको चुनावमा सप्तरी क्षेत्र नम्बर १ बाट लड्ने भएका छन्।

नेता लेखीले नारायणी अनलाईनसंग कुरागर्दै पार्टीले सो क्षेत्रका लागि टिकट सुनिश्चित गरि सकेको भन्दै आफू चुनावमा होमिएको बताए । नेकपा एमालेबाट राजनीतिक यात्रा सुरु गरेका लेखी ३४ वर्षपछि पहिलो पटक संसदीय चुनावमा होमिएका हुन्।

सो क्षेत्रमा एमाले–माओवादी गठबन्धनबाट एमालेका केन्द्रीय सदस्य सुमन प्याकुरेल पनि प्रतिनिधि सभाको चुनावमा भिड्दैछन्। सो क्षेत्रमा लेखी र प्याकुरेलको कडा टक्कर हुने बताइएको छ। राजपा उपेन्द्र यादवको संघीय फोरमसँग चुनावी तालमेल गरेको छ।

नेता लेखी थारु कल्याणकारिणी सभाको महामन्त्री, आदिवासी जनजाति महासंघका अध्यक्ष भईसकेका छन् भने आफ्नै नेतृत्वको दुई वटा पार्टीको समेत जन्म दिएका थिए । उनी पछिल्लो समय नागरिक समाजवादी पार्टी अध्यक्ष थिए । थ्रेस होल्ड लागु भएपछि राजेन्द्र महतो नेतृत्वको सद्‍भावना पार्टीसँग एकीकरण गरेका थिए।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने