• होमपेज
  • समाचार
  • जिल्ला बार इकाई जुम्लाका अध्यक्ष कठायतको मुत्यु

जिल्ला बार इकाई जुम्लाका अध्यक्ष कठायतको मुत्यु

  • बुधबार, कार्तिक १, २०७४
जिल्ला बार इकाई जुम्लाका अध्यक्ष कठायतको मुत्यु

जुम्ला,कार्तिक १ –

जिल्ला बार इकाई जुम्लाका अध्यक्ष मोहनसिंह कठायतको गएराति मृत्यु भएको छ । हृदयघातका कारण उनको मृत्यु भएको परिवारले जनाएको छ ।

राती १२ बजे एक्कासि ढलेका ४४ वर्षीय कठायतलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लग्दै गर्दा बाटोमै मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
लामो समयदेखि अधिवक्ता पेशा संलग्न रहनुभएका कठायत उच्च रक्तचापका बिरामी हुनुहुन्थ्यो । उहाँको आजै दाहासंस्कार गरिएको परिवारले जनाएको छ । – रासस

Facebook Comments

सम्बन्धित समाचार