• होमपेज
  • समाचार
  • कतारमा एक नेपालीको सडक दुर्घटनामा परी मृत्यु

कतारमा एक नेपालीको सडक दुर्घटनामा परी मृत्यु

  • बुधबार, कार्तिक १, २०७४
कतारमा एक नेपालीको सडक दुर्घटनामा परी मृत्यु

राजविराज,कार्तिक १ –

वैदेशिक रोजगारीको लागि सप्तरीबाट कतार गएका एक नेपालीको सडक दुर्घटनामा परी मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ बस्ने २७ वर्षीय विमलेश मण्डल रहेको स्थानीय शैलेन्द्र सिंहले जानकारी दिनुभयो । मण्डल छ महिना अगाडि रोजगारीको लागि कतार जानुभएको थियो ।

उहाँको गएराति अज्ञात सवारी साधनले ठक्कर दिँदा मृत्यु भएको र गाडीको नम्बर खुल्न नसकेको बताइएको छ ।

सप्तरीकै किसुन मण्डलको सहयोगमा अलि ओभरसिज इटहरीमार्फत २०७३ चैत महिनामा उहाँ कतार जानुभएको थियो । उहाँको शव नेपाल ल्याइदिनको लागि सम्बन्धित निकाय र नेपाल सरकारलाई परिवारले आग्रह गरेका छन् । – रासस

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने