• होमपेज
  • समाचार
  • भोजपुरमा बलात्कारी एक व्यक्ति पक्राउ

भोजपुरमा बलात्कारी एक व्यक्ति पक्राउ

  • बुधबार, कार्तिक १, २०७४
भोजपुरमा बलात्कारी एक व्यक्ति पक्राउ

भोजपुर, कार्तिक १ –

बलात्कार गरेको आरोपमा भोजपुर थिदिङ्खाका एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यलय भोजपुरकाअनुसार बलात्कारी अभियोगमा आमचोक गाउँपालिका–३ थिदिङखाका २१ वर्षीय दीपककुमार राईलाई पक्राउ गरिएको हो ।

सोही गाउँकी १७ वर्षीय किशोरी बलात्कार गरेको आरोपमा परिवारले दिएको उजुरीको आधारमा ती व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारुले जानकारी दिनुभयो ।

मंगलबार पक्राउ परेका अभियुक्तलाई हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । – रासस

Facebook Comments

सम्बन्धित समाचार