• होमपेज
  • मनोरञ्जन
  • सलमानको ‘टाइगर जिन्दा है’को पोष्टर सार्वजनिक

सलमानको ‘टाइगर जिन्दा है’को पोष्टर सार्वजनिक

  • बुधबार, कार्तिक १, २०७४
सलमानको ‘टाइगर जिन्दा है’को पोष्टर सार्वजनिक

काठमाडौँ,कार्तिक १ –

बलिउडका ‘सुल्तान’ सलमान खान अभिनित फिल्म ‘टाइगर जिन्दा है’को फस्ट लुक पोष्टर सार्वजनिक भएको छ । सलमान खानले दिपावलीको शुभकामना दिँदै आफ्नो फेसबुक पेजमार्फत फिल्मको पहिलो अनुहार सार्वजनिक गरेका हुन् । पोष्टरमा सलमानले हातमा बन्दुक लिएका छन् भने अनुहारमा क्रोध देखिन्छ ।

डिसेम्बर २२ मा रिलिज हुने यो फिल्ममा सलमानसँगै कैटरीना कैफ पनि मुख्य भूमिकामा छिन् । यी दुईले यसअघि फिल्म ‘एक था टाइगर’मा काम गरेका थिए । २०१२ मा रिलिज भएको सुपरहिट फिल्म ‘एक था टाइगर’को सिक्वेल ‘टाइगर जिन्दा है’लाई कबीर खानले निर्देशन गरेका हुन् ।

‘टाइगर जिन्दा है’मा सलमान खानको खतरनाक एक्सन देख्न पाइने निर्माण पक्षले बताएको छ । कैटरीना कैफले पनि यो फिल्ममा धेरै स्टन्ट आफैले गरेकी छिन् । केही समय अगाडि सलमानले फिल्ममा आफ्नो भूमिकाको विषयमा जानकारी दिँदै भनेका थिए, ‘निकै अफ्ठ्यारो काममा हात हालेछु यार । मेरो उमेर ५१ वर्ष भयो र अब यो उमेरमा ठूला-ठूला भवनबाट कुद्न र खतरनाक सीन गर्न निकै मुश्किल भएको छ ।’

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि