• होमपेज
  • Uncategorized
  • म्याग्दीमा चौंरीपालेर विद्यालय सञ्चालन

म्याग्दीमा चौंरीपालेर विद्यालय सञ्चालन

  • बुधबार, कार्तिक १, २०७४
म्याग्दीमा चौंरीपालेर विद्यालय सञ्चालन

बेनी,(म्याग्दी) कार्तिक १ –

सरकारी दरबन्दी नहुँदा विद्यालय सञ्चालन गर्न कठिन भएपछि म्याग्दीका दुईवटा विद्यालयले संयुक्तरुपमा लगानी गरी चांैरीपालेर त्यसबाट हुने आम्दानीे शिक्षकलाई तलब खुवाउने र भौतिक तथा शैक्षिक पूर्वधारमा खर्च गर्ने गरेका छन् ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारको पाउद्वार मावि र वडा नं–८ को हिमाञ्चल मावि नागीले चौंरीपालन गरी त्यसको आम्दानीले विद्यालय सञ्चालन गर्दै आएको हो ।

खयरबराह क्षेत्रमा चौंरीपालन गरी चौंरीको आलो रगत र मासु बिक्रीबाट वार्षिक हुने आम्दानीले निजी स्रोतका शिक्षकको तलब भत्ता, विद्यालयको भौतिक पूर्वाधार मर्मत, शैक्षिक साम्रगी खरिदका साथै विद्यार्थीको शैक्षिक क्षमता विकाससम्बन्धी विभिन्न गतिविधिमा खर्च गर्दै आइरहेको हिमाञ्चल मावि नागीका प्रअ रमन पुनले बताउनुभयो ।

दुबै विद्यालयले विद्यालयको आन्तरिक आम्दानीलाई दिगो बनाउन करिब एक दशक अगाडिदेखि चौंरीपालन गर्दै आइरहेको पाउद्वार माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमप्रसाद तिलिजाले बताउनुभयो ।

अहिले १६८ वटा चौंरी रहेका र ती चौंरीबाट वार्षिक रु १० लाख आम्दानी हुने गरेको तिलिजाको भनाइ छ ।

साउन र फागुन महिनामा चौंरीको आलो रगत पिउने र मासु बिक्रीबाट हुने आम्दानीलाई खर्च कटाएर दुईवटा विद्यालयले आम्दानी बाँडफाँड गर्ने गरिएको छ ।

दुईजना कर्मचारीलाई प्रतिव्यक्ति रु १२ हजार तलब, लत्ता कपडा, जंगली जनावरको आक्रमणबाट जोगिने औजारका साथै खाद्य साम्रगीलगायतका सुविधा उपलब्ध गराउने गरेको संयुक्त चौंरीपालक कृषक समूहले जनाएको छ ।

मनाङ, मुस्ताङ र म्याग्दीको हिमाली क्षेत्रमा चौंरीपालन सम्भव देखिएपछि दुबै विद्यालयले आफ्नो लगानीमा चौंरी भित्र्याएका थिए । “दुबै विद्यालयका प्रतिनिधि आवश्यकताअनुसार चरन क्षेत्रमै पुगेर चौंरीको हेरचाह गर्ने गरेका छौंँ” हिमाञ्चल माविका प्रधानाध्यापक रमन पुनले भन्नुभयो ।

उहाँका अनुसार चौंरीबाट भएको आम्दानीले निजी स्रोतका दुई÷दुईजना शिक्षकलाई तलब भत्ता दिनुका साथै शैक्षिक गतिविधिमा राहत मिलेको छ । – रासस

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)